back
NMB ad

प्रचण्ड भारतीय विशेषदूतसँग वार्ता गर्न अस्ट्रेलिया जाँदै

Kumari bank ad

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसै हप्ता अस्ट्रेलिया भ्रमणमा जाने भएका छन् । प्रचण्ड एक हप्ते भ्रमणमा अष्ट्रेलिया जान लागेका हुन् ।
भ्रमण तालिका अनुरुप २०७३ असार ९ गते (जुन २३ तारिख) मेलवर्नमा उत्रिने कार्यक्रम तय गरेका प्रचण्डले त्यहाँको नेपाली समाजसँग भेटघाट गर्ने छन् भने २४ तारिख सिड्नी पुग्ने छन् । अष्ट्रेलियामा प्रचण्ड औपचारिक कार्यक्रममा भन्दा अनौपचारिक र गोप्य भेटघाट र कार्यक्रममा बढी समय व्यस्त हुनेछन् ।

अस्ट्रेलिया भ्रमणको क्रममा अध्यक्ष प्रचण्ड अस्ट्रेलिया नै पुगेका भारतीय विशेषदूतसँग नेपालको राजनीतिका बारेमा विशेष गोप्य वार्ता गर्ने कार्यक्रम समेत रहेको कुरा विश्वस्त स्रोतले बताएको भन्दै साँघु साप्ताहिकले खबर लेखेको छ ।

विश्वस्त स्रोतको हवाला दिँदै साँघुले अगाडि लेखेको छ– प्रचण्डले नयाँ दिल्ली भ्रमण गर्दा बढी हल्ला र बद्नाम हुने ठहर गर्दै ओली सरकार ढडाल्ने डिजाइन अस्ट्रेलियामा बनाउने योजनासहित प्रचण्डको एक हप्ते भ्रमण तय गरिएको हो ।

अस्ट्रेलियाबाट प्रचण्ड फर्के लगत्तै सरकारले प्रस्तुत गरेको २०७३र०७४ आर्थिक वर्षको बजेट व्यवस्थापिका संसदबाट फेल भयो भने पनि आश्चर्य नमाने हुन्छ भन्छ स्रोत ।
प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...