back
NMB ad

सवारीसाधनको भाडादर मनपरि, यात्रु मारमा

Kumari bank ad

उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै जान थालेको छ ।

कटारी बजारदेखि घुर्मी, रुपाटार, ओख्लेसम्म क्षेत्रको सवारी भाडादर ३ सय ५० रुपैयाँ देखि ४ सयसम्म निर्धारण भएको तर, सवारी सञ्चालकले यात्रुअनुसार मनपरि भाडा लिने गरेको यात्रु बताउँछन् ।

रुपाटारकाका स्थानीय मोहन राउतका अनुसार कटारीदेखि रुपाटार ओख्लेसम्मको यात्राको लागि अहिले एक सवारीसाधनले प्रति यात्रु ५ सय ५० देखि  ७ सय रुपैयाँसम्म भाडा लिने गरेका छन् ।
साना यातायातका साधन जिप तथा सुमोको यातायात सङ्घको निर्णयअनुसार ४ सय  रुपैयाँसम्म भाडादर लिन सक्ने भए तापनि सवारी चालकले बढी महँगो भाडा लिएर यात्रु ठग्ने गरेको ओख्ले–७ का भुपेन्द्र राई बताउँछन् ।
साना सवारीका साधन यातायात व्यवसायी सङ्घको समेत निश्चित सवारी भाडादर निर्धारण गरेको भए तापनि यस्ता भाडादर बाहिर देखाउनको लागिमात्र निर्धारण भएको सवारी सञ्चालक नै बताउँछन् ।

एकातिर एउटा सवारी भाडादर निर्धारण गर्ने र अर्कातिर यात्रुबाट महँगो भाडा लिने कार्य बढ्दै गए पनि सम्बन्धित निकायको यसतर्फ उचित ध्यान नगएको यात्रुको गुनासो रहेको छ ।
प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...