back
NMB ad

अफगानिस्तानमा फेरि नेपालीमाथि ‘टार्गेट’

Kumari bank ad

काठमाडौं । अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा । उनीहरुलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेश्नलबाट सुरक्षाका लागि भर्ती गर्छ । दूतावासको सुरक्षाका लागि काम गरे पनि नेपाली युवा दूतावासको सुरक्षित स्थानमा भने बसोबास गर्दैनन् ।

उनीहरुलाई डायनकर्पले काबुल जलालावाद हाइवेको नजिकै पर्ने पीडी–९ को बनाया क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ । अरु दिनजस्तो सोमबार बिहानै दूतावासको सुरक्षामा खटिने नेपाली टोली काबुलको क्यानेडेली दूतावास जान तयार भए ।

उनीहरु सुनौलो र सेतो रङको मिनी बसमा चढेर काबुल जाँदै थिए । बस नेपालीहरु बस्ने स्थानबाट काबुल जालालावादको मूख्य सडकमा छिर्यो । बस अफगानिस्तानको समयअनुसार बिहान ५ बजेर ४० मिनेट जाँदा मूख्य सडकमा प्रवेशमात्रै गरेको थियो, ठूलो आवाजसहित विस्फोटनमा पर्यो । बसलाई पैदलै आएका आत्मघाती आक्रमणकारीले हमला गरेको काबुलका प्रहरी प्रमुख जनरल अब्दुर रहरमान रहिमीले जानकारी दिए ।

यही हमालामा १२ नेपालीको मृत्यु भयो भने ६ नेपाली घाइते भए । विस्फोटनमा परेर दुई भारतीयको समेत मृत्यु भएको छ भने चार अफगानी पनि घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार ७

वि.सं.२०७३ असार ७ मंगलवार १०:०७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...