back
NMB ad

६० लाख अग्रिम दाइजो लिएर डाक्टर फरार !

Kumari bank ad

काठमाडौं । जनकपुरमा एक डाक्टर विवाहअघि नै कटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर फरार भएका छन् ।

जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा प्रसान्त शर्माले बिहे गर्ने निधो गरी कटी पक्षबाट दोइजोका रूपमा ६० लाख रूपैयाँ अग्रिम लिएका थिए । महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय गरेका थिए ।

केटा पक्षले ६० लाख रकम मागेपछि केटी पक्षले उक्त रकम बैंकमा जम्मा गरिदिएका थिए । रकम जम्मा गरिदिएको बारे केटीका भाइ सुभाष शर्माले भने,’बिहेको कुरा टुंगो लागेपछि नै हामीले ६० लाख रूपैयाँ विवाह खर्चवापत प्रशान्तको बैंक खातामा राखिदिएका हौं ।

बिहे हुन एक महिना पनि बाँकी छैन तर उनीहरूले सम्पर्कसमेत गरेका छैनन । हामी अफ्ट्रोमा परेका छौ ।’ उनले प्रशान्तका बुबाले ६० लाखको ठाउँमा एक कराड रुपैयाँ केही दिनभित्रै फिर्ता दिने दुईपक्षीय सहमति गरेको जानकारी पनि दिए ।

२०७२ माघ १७ गते कटा र केटीपक्षले यही असार १५ गते विहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्तित भयो । अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रकाशितः २०७३ असार ९

 

वि.सं.२०७३ असार ९ बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...