आज भारी मात्रामा ओरालो लाग्यो सुनको भाउ !

काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ अत्यधिक मात्रामा ओरालो लागेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

हिजो बुधवार सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भएको थियो । आज रु ५ सयले घटेपछि सुनको भाउ ५६ हजार तोलमा कारोबार भइरहेकोछ ।

त्यस्तै चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ९० मा कारोबार भएको छ ।

९ असार २०७३, ११।००

२०७३ असार ९ गते १२:१८ मा प्रकाशित

You can share this post!

भोलि र पर्सी काठमाण्डौंमा खाद्य मेला हुँदै !

हाइड्रोपावरले सर्वसाधारणका लागि ल्यायो २८ लाख ७५ हजार कित्ता सेयर !

Related posts