काठमाण्डौं । नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारीमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट हालै डेपुटी गभर्नरबाट सेवा निबृत्त भएका अधिकारी अन्तिम छनौटमा तीन उम्मेदवारबाट लगानी बोर्डको प्रमुख कार्यकारी छानिएका हुन् ।
चार्टर्ड एकान्टटेन्ट समेत रहेका अधिकारी बित्त प्रशासनमा बिशेष दख्खल राख्ने बताइृन्छ । त्रिभूवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेशनमा स्नातक गरेका अधिकारीले सन् १९९३ मा भारतबाट चार्टड एकाउण्टेन्सी गरेका थिए। उनको कार्यकाल चार बर्षको हुने गरी तोकिएको छ । लगानी बोर्डले ठुला जलबिद्युत आयोजना तथा बिदेशी लगानीलाई ब्यवस्थित गर्ने कार्य गर्दछ ।
१० असार २०७३, १०।००
वि.सं.२०७३ असार १० शुक्रवार ११:४२ मा प्रकाशित