back
NMB ad

साझा प्रकाशनले तलब खुवाउन जग्गा बेच्दै, सरकारसँग माग्यो ४० करोड !

Kumari bank ad

काठमाण्डौं । आर्थिक रुपमा जर्जर साझा प्रकाशनले ऋण तिर्न आफ्ना चलअचल सम्पति बेच्ने भएको छ । प्रकाशन सञ्चालक समितिले सरकारले आउँदो १५ दिनभित्र ४० करोड रूपैयाँ अनुदान नदिएमा आफ्ना विभिन्न जग्गा बिक्री गर्ने निर्णय गरेको हो ।

साथै कर्मचारी कटौतीलगायत सुधारका काम अघि बढाउन कर्मचारी प्रशासन नियमावली संशोधन गरी २० वर्षभन्दा बढी सेवा गर्ने माथिल्लो तहका कर्मचारीलाई स्वेच्छिक अवकाश दिन प्रक्रिया प्रारम्भ गरेको छ ।

सोको सूचना आज केन्द्रीय कार्यालयमा टाँस गरिएको छ । प्रकाशनमा हाल १९४ कर्मचारी छन् भने २० वर्ष सेवा गर्ने २२ जना छन् । ती कर्मचारीले संस्थाको योजनाअनुसार राजीनामा दिएमा थप तीन महिनाको सुविधान दिने तर राजीनामा नदिने कर्मचारीलाई सञ्चालक समितिले जुनसुकै बेला हटाउनसक्ने गरी नियमावली संशोधन गरिएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रसाद शर्माले बताए ।

संस्थाको गत चैत २५ मा सम्पन्न २३ औं साधारणसभामाले संस्था बचाउन विभिन्न पहल लिन सञ्चालक समितिलाई अधिकार दिएको थियो । प्रकाशनसँग ललितपुर, पोखरा, चितवन, महेन्द्रनगर, धनगढीलगायतका ठाउँमा जग्गा रहेको छ । जग्गा बिक्रीको निर्णयमा पुग्नुअघि प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री र विभिन्न नेतासँग प्रकाशनले वरिष्ठ साहित्यकारसहितको टोलीले भेटेर संस्था बचाइदिन आग्रह गरिसकेको छ ।

आवश्यकताभन्दा बढी कर्मचारी हुनु र विभिन्न आर्थिक अनियमितता हुनु तथा पाठ्यपुस्तक वितरणको जिम्मेवारी खोसिनुले प्रकाशन हाल करिब ४५ करोड रूपैयाँ घाटामा छ । अध्यक्ष शर्माले विगत आठ वर्षदेखि आउन नसकेको लेखा परीक्षण प्रतिवेदन ल्याउन, कर्मचारीलाई नियमित काममा लगाउन पनि समितिले निर्देशन दिएको बताउँदै सरकारबाट १५ दिनभित्र रकम नआए आफ्ना जग्गा बिक्री गरेर भए पनि संस्था उठाउने निर्णय भएको जानकारी दिए ।

प्रकाशनले विगत छ महिनोदखि कर्मचारीको तलब खुवाउन सकेको छैन भने पाठ्यपुस्तक वितरणको जिम्मेवारी पुनः पाउनेबारे सरकारले केही निर्णय गरेको छैन ।

१० असार २०७३, १।००

वि.सं.२०७३ असार १० शुक्रवार १३:१८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...