back
NMB ad

५५ करोड लगानीमा निर्माण हुँदैछ दुई तलाको बेसमेन्ट पार्किङ

Kumari bank ad

काठमाडौँ । लैनचौरमा रहेको खुला स्थानमा बेसमेन्ट पार्किङ निर्माणका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।

काठमाडौँ महानगरपालिकाले यहाँ आज आयोजित छलफलमा सहरी तथा क्षेत्रीय योजनाकारको एक समूहले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त स्थानमा रहेका सात रोपनी खाली जग्गामा सवारी पार्किङ स्थल निर्माण गर्न लागिएको बताइएको छ ।

अध्ययन प्रतिवेदनअनुसार दुई तलाको बेसमेन्ट पार्किङ र माथिल्लो भागमा एक तलाको सपिङ कम्प्लेक्स बनाउने तयारी छ । निर्माणका लागि ५५ करोड लाग्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन समूहका प्रमुख सहरी तथा क्षेत्रीय योजनाविद् योगेशपूर्ण श्रेष्ठका अनुसार ठमेल क्षेत्रमा यातायात साधनबाट हुने जाम कम गर्न र व्यवस्थित रुपमा पार्किङ गर्नका लागि बेसमेन्ट निर्माण गर्न लागिएको हो ।

निर्माण गरिएको ३० वर्षसम्म निर्माण कम्पनीले प्रयोग गर्नेछ भने त्यसपछिको समयमा कामपालाई दिनुपर्नेछ । उक्त पार्किङस्थलमा एक पटकमा कार र मोटरसाइकल गरी झन्डै ३५० वटा सवारी साधन पार्किङ गर्न मिल्नेछ । सोही स्थानलाई जोडेर सर्वसाधारण र यातायातको साधनका लागि सब–वेको पनि निर्माण गर्ने योजना छ ।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १४:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...