back
NMB ad

अष्ट्रिच पालन व्यवसायमा युवाहरु आकर्षित

Kumari bank ad

झापा । पछिल्लो समय जिल्लामा अष्ट्रिच पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यहाँ पछिल्लो समय तीनवटा अष्ट्रिच फर्म खुलेका छन् ।

ती तीनवटा फर्ममध्ये धरमपुर– ७ चर्चाबारीको अष्ट्रिच फर्म जिल्लाकै ठूलो फर्म हो । स्थानीय कृष्णप्रसाद रिजालले फर्म खोलेर व्यवसाय सुरु गरेका हुन् । उनले रु एक करोडको लागतमा बुटवलबाट अष्ट्रिचका ५० वटा चल्ला ल्याएर फर्म खोलेका हुन् ।

चार बिगाहा दुई कठ्ठा जग्गामा पाथीभरा अष्ट्रिच कृषि फर्म खोलेर अहिले ५० वटा अष्ट्रिच पालिएको छ । “नयाँ व्यवसाय गर्न मन लाग्यो, अष्ट्रिच पालनमा हात हाले,” उनले भने । जिल्लाको झिलझिलेमा पेट्रोलपम्प सञ्चालन गर्दे आउनुनभएका रिजालले कृषिमा केही गर्ने सोचका साथ सो फर्मको स्थापना गरेका हुन् ।

“अष्ट्रिचको मासु कसरी खपत गर्ने भन्ने चिन्ता छ,” उनले भने । अष्ट्रिच पाल्न बुटवलबाटै घाँस ल्याएको उनी बताउछन् । फर्म सञ्चालक दीपेश रिजालले अष्ट्रिच पालन अन्य कृषि पेसा भन्दा छुट्टै व्यवसाय भएकाले यसको व्यावसायिक विकासमा राज्यले सहयोग पु¥याउनुपर्ने बताउछन् ।

“केही गर्छु भन्ने उत्साहित युवालाई सरकारले सहुलियतमा ऋण उपलव्ध गराउनुपर्छ,” उनले भने । अहिले दुईजना कर्मचारी कार्यरत छन् । अष्ट्रिचलाई खुवाउने दाना र घाँस बनाउने सबै मेसिन फर्ममै छन् ।

१२ असार २०७३, १२।३०

वि.सं.२०७३ असार १२ आइतवार १३:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...