back
NMB ad

ओलीको नयाँ फर्मुलाः प्रचण्ड र देउवालाई पनि प्रधानमन्त्री बनाउने

Kumari bank ad

काठमाडौं । केपी ओली नेतृत्वमा आउँदो २०७३ मंसिरमा स्थानीय चुनाव, त्यसपछि प्रचण्डको नेतृत्वमा प्रादेशिक चुनाव, अनि त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा केन्द्रीय संसदको चुनाव । प्रधानमन्त्री केपी ओलीले तयार पारेको फर्मुला हो यो ।
यो फर्मुला अनुसार हरेक सरकारमा मधेसवादी दलहरु स्वत सहभागी हुनेछन्, उनीहरुले खाइलाग्दो मन्त्रालय पनि पाउनेछन् । यस्तो फर्मुला ओलीले कांग्रेसका शेरवहादुर देउवादेखि प्रचण्डसम्मलाई प्रस्ताव गरेको उच्च स्रोतहरुको दावी छ ।

ओलीले यस्तो प्रस्ताव लगाए पनि सत्ता राजनीति भने झनझन पेचिलो हुँदै गएको छ । पेचिलो बन्दै गएको राजनीतिमा प्रधानमन्त्री केपी ओली बलियो बन्दै गएको कि कमजोर बन्दै गएको भन्ने आंकलन हुन थालेको छ ।

प्रधानमन्त्री ओलीको किचन कोटारीमा रहेकाहरु भन्दैछन् – अब हामी कमजोर हुँदै गयौँ । उनीहरुका अनुसार ओलीलाई कमजोर बनाउन र गलाउन शेरबहादुर देउवा र प्रचण्ड दुवैजना सुनियोजित रुपमा लागिपरेका छन् ।

गिराउन नसकेपछि कमजोर बनाउने, गलाउने, थकाउने र अनेक गल्ती गर्न लगाउने रणनीति देउवा र प्रचण्डले बनाएको बालुवाटारमो ठहर छ ।

ओलीलाई थकाउने रणनीतिमा देउवा प्रचण्डको मत मिले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन शेरबहादुर अझै तयार भएका छैनन्, प्रचण्ड र देउवाबीच बार्गेनिङ चलेको चल्यै छ । यहि कारण ओलीको पद बाहिरबाट हेर्दा खतरामा परेको देखिदैन तर भित्रभित्रै खेलोमेलो चाहिं ओलीलाई गिराएर आफु बन्न नै हो । साँघु साप्ताहिकमा खबर छ ।

प्रकाशितः २०७३ असार १३

वि.सं.२०७३ असार १३ सोमवार १०:२९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...