back
NMB ad

दिब्यश्वरी हाइड्रोको सेयर आजबाट खुल्ला, हेर्नुहोस्, कहाँ बुझाउने फारम ?

Kumari bank ad

काठमाडौं । दिब्यश्वरी हाइड्रोकोे ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर आजदेखि निष्कासन भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको हो । कम्पनीको असार १३ गते देखि निष्कासन भएको साधारण सेयरको लागि असार १६ गतेसम्म आवेदन दिन सकिने छ ।

सेयर निष्कासनको बिक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ । कम्पनीले गत बुधबार धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति पाएको थियो ।

सर्वसाधारण समूहको लागि छुट्याएको ३ लाख ९६ हजार कित्ता सेयर मध्ये ७ हजार ९ सय २० कित्ता सेयर कर्मकारीका लागि र १९ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाडफाँट गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने भएका छन् ।

सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ र यो कम्पनीको सेयर किन्न एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेन्ट बैंकका नक्साल, किर्तिपुर, चावहिल, न्युरोड, जावलाखेल, कौशलटार, वीरगञ्ज, चितवनको पर्सा र नारायणगढ, मोरङको उर्लाबारी, प्युठानको विजुवा बजार र संखुवासभाको खाँदबारीमा आवेदन बुझाउन सकिने छ ।

त्यस्तै त्रिवेणी विकास बैंकको इटहरी र विराटनगर शाखा, एक्सेल डेभलपमेन्ट बैंकको विर्तामोड शाखा, एभरेष्ट फाइनान्सको सिद्धार्थनगर शाखा, गरिमा विकास बैंकको महेन्द्रपुल शाखा, मालिका विकास बैंकको धनगढी र कञ्चनपुर शाखामा पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
 प्रकाशितः २०७३ असार १३

वि.सं.२०७३ असार १३ सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...