back
NMB ad

सिंगापुर एयरलायन्सको विमानमा आगलागी, सबै २४१ सकुशल

Kumari bank ad

काठमाण्डौं । सिंगापुर एयरलायन्सको एउटा विमानमा आपतकालीन अवतरणका क्रममा आगलागी भएको छ। सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लाग उडेको बोइङ ७७७०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएको थाहा भएपछि आपतकालीन अवतरण गरिएको छ।

जहाजले उडेको दुई घण्टापछि इन्जिनबाट तेल चुहावट भएको संकेत गरेको थियो। त्यसपछि चालकले विमानलाई सिंगापुर नै फर्काएर आकस्मिक अवतरण गर्ने प्रयास गरेका थिए। स्थानीय समयअनुसार ६ः५० मा विमान आकमस्मिक ल्यान्ड गराउन खोज्दा दाहिने इन्जिनबाट आगोको मुस्लो निस्किएको थियो। चालक दलले पहिले नै खतराको संकेत गरेका कारण विमानस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली तैनाथ थियो। तत्काल यात्रु तथा चालक दललाई उद्धार गरिएको थियो।

सिङगापुर एयरलायन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा रहेका सबै २४१ जना  सकुल रहेको जनाएको छ। विमानमा २२२ यात्रु र १९ जना विमान कर्मचारी थिए। सिंगापुर एयरलाइन्सले अर्को विमान प्रयोग गरेर आजै उत्त विमानमा सवार यात्रुहरुलाई मिलान पठाइने पनि जनाएको छ।
प्रकाशितः २०७३ असार १३

वि.सं.२०७३ असार १३ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...