back
NMB ad

हलिउड अभिनेत्री मिचेल योह र नासाका पदाधिकारी बीच भेटघाट

Kumari bank ad

काठमाण्डौं । हलिउड अभिनेत्री तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योह र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । भेटघाटमा नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष मेघराज पौडेल र महासचिव गोविन्द भट्टराई सहभागी थिए ।

उक्त अवसरमा नासाले संचालन गरिरहेको सडक सुरक्षा अर्थात रोड सेफ्टी सम्बन्धी विविध गतिविधिका बारेमा छलफल भएको थियो । युएनडिपीको समन्वयमा आयोजित उक्त भेटघाटमा युएनडिपीका उच्च पदाधिकारीहरुको समेत संलग्नता रहेको र आगामी दिनमा युएनडिपीले नासाका विभिन्न कार्यक्रममा सहयोग गर्ने बारेमा समेत छलफल भएको छ ।

मिचेल योह हाल संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को समन्वयमा नेपाल आएकी हुन् । उनी युएनडिपीको समेत सद्भावना दुत हुन् । नेपालमा भूकम्पपीडितका लागि संचालित विभिन्न गतिविधि निरीक्षणका लागि उनी आएकी बताइएको छ ।

भूकम्पको लगत्तै पनि उनी नेपाल आएकी थिइन् । त्यतिखेर उनले नै एफआईएको तर्फबाट नासा सोलिडारिटी फन्डको घोषणा गरेकी थिइन् । हाल उक्त फन्ड अन्तर्गत नासाले विभिन्न कल्याणकारी र मोबिलिटी सम्बन्धी कार्यक्रम गरिरहेको छ ।
नासाले नेपालमा सडक सुरक्षा सम्बन्धी विभिन्न गतिविधि गरिरहेको छ । मिचेल ग्लोबल रोड सेफ्टी एम्बेसडर हुन् । गत बर्ष घोषणा गरिएको हाइ लेभल प्यानल फर रोड सेफ्टी २०३० की प्रबक्ता समेत हुन् ।

स्मरणीय छ, गत २०७२ बैशाख १२ को भूकम्पको समयमा मिचेल नेपालमै थिइन् । त्यतिखेर नेपालमा एफआईए एसिया प्यासिफिक स्पोर्ट रिजनल कांग्रेस भइरहेको थियो । नासा एफआईए अर्थात फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइलको सदस्य हो । नासाको समन्वयमा त्यतिखेर नेपालमा रिजनल कांग्रेस भएको थियो ।
१४ असार २०७३, ११।००

वि.सं.२०७३ असार १४ मंगलवार १२:४४ मा प्रकाशित

You can share this post!

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...