back
NMB ad

कालोधनलार्इ सेतो बनाउन सेयर बजारको प्रयोग

Kumari bank ad

काठमाण्डौं । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने,‘पछि केही असजिलो पर्ने पो हो किरु त्यसकै तनावमा छु।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले बताए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन । ठूला व्यापारिक घराना, विदेशमा लगानी गर्दै आएका नेपाली, सेयर बजारका स्थापित खेलाडी र सरकारी कर्मचारीले यसरी ठूलो परिमाणमा सेयर खरिदमा रकम परिचालन गर्ने गरेका छन्। उनीहरूले आफ्ना विश्वासका ब्रोकरलाई नगद भुक्तानी गर्ने गरेको सरोकारवाला बताउँछन्। ब्रोकरहरूका अनुसार त्यसरी आउने अधिकांश रकमको स्रोत खुल्दैन।

नगदमा हुने भुक्तानीको ठूलो हिस्सा करछली वा भ्रष्टाचारबाट आर्जित रकम हुन सक्छ। ‘यही बाटोबाट सम्पत्ति शुद्धीकरण गर्न सेयर बजारको प्रयोग गर्ने प्रवृत्ति अहिले बढेको छ,’ अर्का एक ब्रोकर भन्छन्, ‘पछिल्ला महिना सेयर बजार बढाउन यस्तो पैसाले पनि भूमिका खेलेको छ।’

यसरी हुन्छ शुद्धीकरण

अवैध व्यापार, करछली, भ्रष्टाचार र बिचौलियाका कामदेखि अन्य गैरकानुनी कार्यबाट कमाएको अनधिकृत सम्पत्ति आर्जन गर्ने व्यक्तिले आफ्ना विश्वासका सेयर ब्रोकरलाई नगद ल्याएर दिन्छन्। ब्रोकरले त्यो रकमबाट १० लाख रुपैयाँको सीमा ननाघ्ने गरी सेयर किन्दै जान्छन्।

किनभने, १० लाखभन्दा बढी रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्छ। त्यस्तो कारोबारको जानकारी राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना इकाइलाई दिनुपर्छ। त्यसो हुँदा ब्रोकरले एक करोड रुपैयाँको सेयर किन्न हप्तौँ लगाउँछन्। ब्रोकरले प्राप्त नगद आफ्नो कम्पनीको खातामा जम्मा गर्छन् र अर्को ब्रोकरलाई चेकमै भुक्तानी दिन्छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार १५

वि.सं.२०७३ असार १५ बुधवार १०:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...