back
NMB ad

मासिक ५ सय ब्याजमा भाष्करमणी ज्ञवालीको घर लोडसेडिङमुक्त

Kumari bank ad

काठमाण्डौं । मासिकरुपमा ५ सय रुपैंया ब्याज खर्च मात्रै तिरेर नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवालीको घर लोडसोडिङ मुक्त बनेको छ । श्रवणकुमार सपोर्टले नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ज्ञवालीको घरमा एकद्वार प्रणालीवाट सोलार सिष्टम जडान गरेपछि यो सुबिधा प्राप्त भएको हो ।
ज्ञावलीले टपसन इनर्जी प्रा.लि.वाट १ किलोवाटको सोलार सिष्टम जडान गर्न एनएमबी बैंकवाट २.२५ प्रतिशत ब्याजमा कुल लागतको ८० प्रतिशत सहुलियत ऋण लिएका थिए ।
“अहिले त हामी ढुक्कसँग सोलारमा नै खाना पकाउने, टि.भी फ्रिज, पानी तान्ने मेसिन चलाउन थालेका छौ । श्रवणकुमारलाई एक कल फोन गरेको भरमा सवै सुविधा घरमा नै उपलब्ध गरायो । अहिले त सिष्टम जडान गर्न ढिला गरे जस्तो पो लागि रहेको छ । ” ज्ञावलीले भने ।
शहरी क्षेत्रमा समेत बैंकल्पिक उर्जा प्रबद्र्धन गर्न ५०० वाट भन्दा बढी क्षमताका सोलार सिष्टम जडान गर्ने व्यक्ति वा संस्थालाई २० हजार अनुदान र बैंकवाट बिना धितो ऋण लिएमा ७५ प्रतिशत ब्याज अनुदान दिने नीति सरकारले बजेटमा घोषणा गरेको थियो । यस्तो व्यवस्थावाट शहरी क्षेत्रका व्यस्त बासिन्दाहरुले घरमा नै बसी बसी सेवा लिन सक्ने श्रवणकुमार सर्पोटले जनाएको छ ।
“हामीले उत्कृष्ठ सोलार कम्पनीहरुवाट सोलार सिष्टम जडान गर्न, बैंकवाट ऋण आवश्यक भएमा बार्षिक २.५ प्रतिशत ऋण लिन र सरकारवाट २० हजार अनुदान लिन सहजिकरण गरी इच्छुक व्यक्तिहलाई घरमा एकद्वार प्रणालीवाट सेवा लिने बातावरण बनाउने छौै । हामीले हालसम्म शहरी क्षेत्रका बासिन्दालाई १५ लाख बरावरको सोलार सिष्टम जडानमा सहजीकरण गरि सकेका छौं । ” श्रवणकुमार सपोर्टका कार्यक्रम संयोजक दिवस पोखरेलले बताए ।
सपोर्टले शहरी क्षेत्रका बासिन्दालाई लक्षित गरी २०७३ साल भित्रमा एकद्वार प्रणालीवाट १ हजार सोलार सिष्टम जडान गर्न घाम पावर नेपाल, सुर्योदय सोलार र टपसन ईनर्जीसँग सोलार संझौता गरेको पनि जनाएको छ ।

वि.सं.२०७३ असार १६ बिहीवार १८:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...