काठमाण्डौं । नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएकोछ । हालै सम्पन्न पहिलो साधारण सभामा सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया थालनी गरिएको जानकारी दिएका छन् ।
२०७१ सालको कात्तिक २१ गते स्थापना भएको नेपालकै पहिलो पुनर्बिमा कम्पनीमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत र बाँकी बीमा र अन्य कम्पनीहरुको सेयर स्वामित्व रहेको छ ।
साधारण सभाले कम्पनीको अधिकृत र जारी पूँजी बढाउने संचालक समितिको प्रस्ताव पारित गरेको छ । संचालक समितिको प्रस्ताव पारित भएपछि कम्पनीको अधिकृत पूँजी ५ अर्बबाट १५ अर्ब रुपैयाँ तथा जारी पूँजी ३ अर्बबाट १५ अर्ब रुपैयाँ पुर्याएको छ भने कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ ।
नेपाल पुनर्बिमा कम्पनी सरकारी स्वामित्व र बीमा कम्पनीहरुको सहभागीतामा खोलिएको हो ।
१७ असार २०७३, ९.००
वि.सं.२०७३ असार १७ शुक्रवार ११:२२ मा प्रकाशित