काठमाण्डौं । प्रवासी नेपालीहरुले विदेशबाट नेपाल आउँदा काँचो सुन र चाँदी ल्याउन पाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्रतिबन्ध निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेका छन् । नेपाल सरकारको भन्सार विभागले साउन १ गतेदेखि विदेशबाट काँचो सुन चाँदी ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सुन चाँदीका तयारी गहनामात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने खालको भएको बताउँदै उनीहरुले प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मञ्चमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै भन्सार विभागको निर्णय खारेज गर्न माग गरेका हुन् ।
भन्सार विभागको नयाँ नीति खारेज गरेर साविककै नीति कार्यान्वयन गराउन र तस्करमुखी नीति ल्याउनेहरुलाई कारवाही गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।
सो खुल्लापत्र ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ टेलिभिजन कार्यक्रममा र ‘हेलो सरकार’को फेसबुक पेजमा प्रेसित गरिएको छ ।
१७ असार २०७३, १०।००
वि.सं.२०७३ असार १७ शुक्रवार ११:४५ मा प्रकाशित