काठमाण्डौं । आज सुनको भाउ फेरि बढ्न पुगेको छ । हिजो बिहीबार तीन सय रुपैयाँले घटेको सुनको भाउ आज शुक्रबार भने पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुनको भाउ तोलाको ५८ हजार रुपैयाँ पुगेको थियो । सुनको भाउ सँगै चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा आठ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदीको भाउ आठ सय ३५ रुपैयाँ कायम भएको थियो।
१७ असार २०७३, १।००
वि.सं.२०७३ असार १७ शुक्रवार १४:०२ मा प्रकाशित