back
NMB ad

‘इटहरीलाई प्रदेशको राजधानी बनाउन पहल गर्छु’

Kumari bank ad

इटहरी । आउँदो असार २३ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको चुनावको लागि लिलम बस्नेत नेतृत्वले आफ्नो प्यानल सार्वजनिक गरेको छ । प्यानलमा वाणिज्यतर्फ उम्मेदवारी दिनेमा होटल व्यवशायी संघका सचीव उमानाथ दाहाल (उमेश), सुनचाँदी व्यवशायी संघको अध्यक्ष विश्व धिमाल, मदिरा व्यवशायी अध्यक्ष गोपाल चापागाईँ, वितरक संघका संस्थापक अध्यक्ष तथा केन्द्रिय सचीव टंक खनाल, घर बहाल सरोकार समाजका अध्यक्ष सन्दीप सत्याल, किराना व्यवशायी र हाल इलेक्ट्रोनिक व्यवशायीमा आबद्ध माधव न्यौपाने, ट्राभल व्यवशायी भुपेन्द्र बराल, सीसा व्यवशायका केन्द्रिय प्रतिनिधि शैलेश विष्ट र वितरक संघ इटहरीका अध्यक्ष कमल ढुंगाना रहेका छन् ।

यस्तै उद्योगतर्फ मारवाडी सेवा समितिका बजरंग लाल अग्रवाल, घरेलु महासंघ सुनसरी अध्यक्ष राजेन्द्र केशरी घिमिरे, ग्रील तथा फर्निचर व्यवशायी संघका छत्रबहादुर लिम्बु (धनसेर), महिला उद्यमी सबिता भट्टराई उम्मेदवार छन् । महिलातर्फ ग्याँस डिलर एशोसिएसन सदस्य रञ्जु सिग्देल र कन्सल्टेन्सी व्यवशायी संघकी मुना तिम्सिना छिन् । यसैगरी वस्तुगततर्फ किराना व्यवशायी संघ अध्यक्ष कमल पौडेल, विद्युतीय व्यवशायीक संघका अध्यक्ष लक्ष्मी धिताल रहेका छन् भने एशोसिएटतर्फ सुदिप घिमिरे छन् ।

यसै अवसरमा हामीले अध्यक्षमा उम्मेदवारी दिने बस्नेतसँग इटहरीको व्यवशायीक समस्या र उनका योजना र प्रतिबद्धताबारे कुरा गरेका छौं :

 

तपाइको व्यवसायीक जीवन कसरी अघि बढिरहेको छ ?

२०३३ सालदेखि मेरा बुवाले टुकटुके मिल अर्थात कुटानी पिसानीको मिल स्थापना गर्नुभयो र २०३५ सालमा पशुपति किराना स्टोर भन्ने सुरुवात गर्दै त्यहिँबाट मैले इटहरीमा व्यापारको अनुभव सँगालेको छु । अहिले भने म इँटा र पेट्रोलियम व्यवसायमा सक्रिय छु ।

अनि व्यापारी मान्छे, व्यापारीको राजनीति गर्न चाहिँ कसरी मन लाग्यो ?

म आफू पनि व्यापारी भएकोले व्यापारीहरुको हकहित, व्यापारीहरुका समस्याहरुप्रति म धेरै जानकार छु । व्यापारीहरुलाई के आवश्यक छ भनेर मलाई राम्रोसँग थाहा छ, त्यसैले ती समस्याहरु समाधान गर्दै राम्रो व्यवशायीक वातावरण बनाउनको लागि मैले यी समस्यालाई ध्यान दिएको मात्र हो, राजनीति गरेको भने होइन ।

तर दुई कार्यकाल उद्योग वाणिज्य संघ इटहरीमा रहेर चाहिँ के गर्नु भयो अनि के गर्न पाउनु भएन र अहिले अध्यक्षमा उम्मेदवारी दिन खोज्दै हुनुहुन्छ ?

हो, मैले भवन निर्माण समितिको संयोजक जिम्मेवारीसँगै, हाल उद्योग उपाध्यक्ष भएर उद्योग वाणिज्य संघ इटहरीमा दुई कार्यकाल व्यतित गरेको छु । तर धेरै कामहरु सदस्य भएर गर्न नसकिने हुँदा यो पटक भने व्यवशायीहरुको हक हितका लागि नेतृत्व लिएरै अघि बढ्ने योजनाका साथ अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

तपाइको अनुभवका आधारमा भन्नुपर्दा के के समस्या छन् त इटहरीका व्यापारी व्यवसायीहरुका ?

वास्तवमा इटहरीमा अहिले सबैभन्दा चर्को र ठूलो समस्याको रुपमा घरबहाल रहेको छ । अर्को भनेको व्यापारीहरुमाथि दोहोरो कर लागिरहेको छ । त्यस्तै व्यापारीहरुको सुरक्षा अर्को चुनौतिको विषय छ । अनि व्यापारीहरुमाथि चन्दा आतंक मच्चाइएको छ । व्यवशायीहरुमा कर, भ्याटको ज्ञान कम छ, त्यसैगरी व्यवशायको सुरक्षा छैन । बन्द, हड्तालले इटहरीलाई छिटो प्रभावित पार्छ । मेरो नजरमा यिनै मुख्य समस्याहरु इटहरीका व्यापारी व्यवसायीहरुमो रहेको छ ।

यी समस्याहरु समाधानका लागि कस्तो भूमिका खेल्नुहुन्छ ?

घरबहाल सम्बन्धी समस्या समाधान गर्नका लागि सरोकारवाला र घरबहालमा बस्ने दुवैका बीचमा पुलको काम गरी यसलाई पनि वैज्ञानिक आधुनिक र समयसापेक्ष समाधान गर्नुपर्छ । यसका लागि उद्योग वाणिज्य संघ इटहरीले नै घरबहाल लिने र दिनेको ‘एग्रिमेन्ट’ गर्ने साथै सार्वजनिक सुनुवाई नै गरेर इटहरी क्षेत्रभित्र समय सापेक्ष, प्राकृतिक न्यायको सिद्धान्त, सामाजिक न्यायको सिद्धान्तअनुरुप घर भाडा निर्धारण गर्न दुवैथरीलाई राखेर त्यस समस्याको समाधान गर्न पुलको काम गर्ने छौं ।
त्यस्तै अहिलेको सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको गुण्डागर्दी, चन्दा आतंक, बन्द, हड्ताल समस्याको समाधानको लागि सुरक्षा निकायसँग सहकार्य समाधान गर्नेछौं । सबै पार्टी, समुह, संगठनसँग यी समस्या समाधानको लागि हातेमालो गर्दै मिलेर अघि बढ्नेछु । व्यवशायीको सुरक्षित वातावरण बनाउनको लागि सिसिटिभी जडान गर्ने र इटहरीभरी सोलार बत्तीको व्यवस्था गर्ने योजना पनि छ ।

अरु बजार चाहिँ मध्येरातसम्म चल्छ तर हाम्रो इटहरी चाहिँ ७ बज्न नपाउँदै बन्द हुन्छ नि ?

हो, यसैका लागि मैले आफ्नै पहलमा इटहरीमा सौर्य सडकबत्तीको व्यवस्थापन गर्ने प्रयास गरिएको छ । अर्कोकुरा इटहरीका व्यवसायीले ढुक्क भएर कसरी व्यवसाय गर्न सक्छन् भनेर प्रहरी प्रशासन, प्रमुख जिल्ला अधिकारीसँग छलफल पनि चलाइएको छ । यसका लागि सरकारी निकायले के गर्न सक्छ र हामी व्यवसायीले के गर्नुपर्छ भनेर पनि छलफल चलाइएको छ । म त्यस विषयमा अत्यन्तै गम्भीर भएर लागिपरेको छु ।
यसका लागि हामीले माननीय सांसद रेवतीरमण भण्डारी ज्यूको सांसद विकास कोषबाट ३० लाख रुपैंया र उपमहानगरपालिकाबाट २० लाख गरी कुल ५० लाखको टेण्डर आह्वान गरिसकेको अवस्था छ । त्यसपछि अर्को चरणमा सरकारबाट १ करोड ५० लाख माग गरी यसलाई अझ बढी विस्तार गर्ने योजना बनाएका छौं । यसबाट इटहरीक्षेत्र मात्र नभएर इटहरी उपमहागनपालिकामा गभिएका खनार, हाँसपोसा, पकली लगायतका क्षेत्रमा यो सडकबत्ती बिस्तार गर्ने योजना छ ।

विगत दुई कार्यकाल अध्यक्ष रहीसकेका रोहित प्रसाईको कार्यसमितीको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? अनि तपाइले चाहिँ काम गर्नुहुन्छ भनेर विश्वास गर्ने आधार के ?

अहिलेको कार्यसमितिको मूल्यांकन गर्ने भन्दा पनि इटहरीका व्यवशायीहरुले मूल्यांकन गर्ने कुरा हो । व्यापारीहरुले हिजो प्रतिबद्धता जनाइएका कुराहरु कति पूरा भए, कति पूरा भएनन्, कति भएनन् भनेर व्यवशायीले नै प्रश्न र मूल्यांकन गर्ने हो । व्यवशायीहरुले रोहित जीलाई सोध्नुपर्यो तपाईले गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो, के के भयो ?
म सम्पूर्ण व्यापारी, व्यवसायी, उद्योगहरुलाई विश्वास दिलाउन चाहन्छु कि मैले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्छु । गर्न सकिनँ भने मैले व्यापारी साथीहरुलाई जवाफ दिनुपर्ने हुन्छ, म आफ्नो विषयमा के प्रष्ट पार्न चाहन्छु भने म बोलीमा होइन काममा विश्वास गर्ने मान्छु हुँ र काम गरेरै देखाउँछु ।

मैले विगतमा भवन निर्माण समितिको संयोजकको जिम्मेवारी लिएर ढुङ्गा, इँटा, गिटी, बालुवा लगायत भवन निर्माणमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु जुटाएर इटहरी उद्योग वाणिज्य संघको भवनको फाउण्डेशनदेखि दुईतलासम्म ढलान गरेको थिएँ । आज मैले भवन निर्माण समिति छाडेपछि जम्मा एकतला मात्र ढलान भएको छ, यहाँहरुले देख्नु नै भएको छ । यसलाई आधार मानेर पनि लीलमले जिम्मा लिएपछि र गर्छु भनेपछि गर्छ भनेर विश्वास गर्नुप¥यो ।

के के योजना र प्रतिबद्धता छन् त इटहरीका व्यवशायीको विकास र इटहरीको विकासको लागि ?

मेरा योजना तथा प्रतिबद्धताहरु इटहरी र यहाँको उद्योग, व्यवशायको वृद्धि विकास गर्नेतर्फ केन्द्रित छ । उद्योग वाणिज्य संघलाई राजनितिक दलको प्रभावबाट मुक्त गर्ने, इटहरीलाई १ नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने, सिसि क्यामरा जडान गर्ने, व्यापारी तथा व्यवासायीलाई तालिम तथा सुरक्षा दिने, घर बहालको चर्को समस्या छ, त्यसलाई समाधानको लागि पहल गर्नेछु ।
त्यस सँगै संसद विकास कोषसमेतको रकम प्रयोग गरी इटहरीको सडकभरी सौर्य बत्तीको व्यवस्था गर्ने, बजार खुल्ने समयलाई बढाउँदै लाने, पत्रपत्रिकामा समानुपातिक विज्ञापनको लागि पहल गर्नेलगायतका काम समेत गर्छु ।
यस्तै सहकारीको माध्यमबाट व्यवशायीलाई सुलभ ऋण प्रदान गर्ने र व्यवशायीक प्रबद्र्धन गर्ने, संस्थागत इन्स्युरेन्सको व्यवस्था गरी दुर्घटनाबाट हुने धनजनको क्षतीपूर्ती व्यवशायीलाई दिलाउने, बन्द हड्ताल, चन्दा विरुद्ध अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छु र आफ्नो प्रतिबद्धतामा म अडिग छु ।

धेरैजसो व्यवशायीहरु आफ्नो व्यवशाय मात्र हेर्छन्, सामाजिक काम गर्दैनन् । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष बन्छु भन्दै गर्दा तपाई आफूले के के सामाजिक काम गर्नुभएको छ ?

गरेको छु । इटहरीको राधाकृष्ण मन्दिरको अगाडिको हल ५१ सालमा ६७ हजार लगभग खर्च गरेर एउटा पारिवारिक हल नै निर्माण गरेका छौं । त्यसैगरी बुढी गंगा प्राथमिक विद्यालयलाई जग्गा दान दिएर आज त्यस ठाउँमा गरिब तथा सुकुम्बासी बस्तीका नानीहरुले अध्ययन गर्ने अवसर पाइरहेका छन् ।

त्यस्तै, इटहरी ब्याडमिन्टन क्लब बनाउन मैले ५०÷६० हजार इँटा सहयोग गरेको थिएँ । त्यो कुरो त ब्याडमिन्टन क्लबले पनि भन्छ । म सहयोग गर्न पनि सक्ने र सहयोग लिन पनि सक्ने मान्छे हुँ । यसलाई प्रचारबाजीको खर्च भनेर नजोडौं ।

अर्को कुरा, लीलम बस्नेत अलि बढी राजनीतिक पार्टीको नेता वा कार्यकर्ता भयो, व्यापारीको नेता हुँदैन कि क्या हो भनेर शंका पनि गर्छन् नि कतिपयले ?

म नितान्त व्यापारी हुँ । व्यवसायिक हक हितका निम्ति अगाडि बढ्छु । मेरा आस्था दोस्रो पक्ष हो । मेरो प्यानललाई हेर्न सक्नुहुन्छ, राजनीति गर्ने कोही छैनन्, सबै विशुद्ध व्यवशाय तथा उद्योग चलाएर बसेकाहरु हुनुहुन्छ । व्यवशायीहरुका विभिन्न विषयगत संगठनमा अध्यक्ष चलाइरहेका, विभिन्न संगठन स्थापना गरेका व्यक्तिहरु हुनुहुन्छ । त्यसैले म नितान्त व्यवशायीहरुको लागि काम गर्छु र मैले जितेँ भने मेरा विपक्षी प्यानलका साथीहरुलाई समेत मिलाएर लान्छु ।

त्यसो भए, आफूले जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

शत प्रतिशत । यो उम्मेदवारी मैले आफ्नो रहरले भन्दा पनि धेरै व्यवशायीहरुले तपाई आउनुपर्छ भनेर भन्नुभएकोले दिन लागेको हुँ । त्यसैले आदरणीय व्यवशायी मित्रहरुले मलाई भोट दिनुहुन्छ भन्ने पूर्ण विश्वास व्यक्त गर्छु । म तपाईहरुकै भाई, दाई, साथीलाई भोट दिनुहोला । समस्याहरु छन् भने ल्याउनुस्, आउनुस्, मिलेर समाधान गरौं ।

हिमाल दाहाल / इटहरी
१८ असार २०७३ १२ : ३५

वि.सं.२०७३ असार १८ शनिवार १२:५२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...