back
NMB ad

काबुलमा मारिएका नेपालीका परिवारलाई एनआरएनले १–१ लाख सहयोग गर्ने

Kumari bank ad

काठमाण्डौं । अफगानिस्तानमा मारिएका १२ नेपालीका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएन) ले एक–एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। एनआरएनको अन्तरार्ष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानवीय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागिएको हो।

एनआरएनए उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १३ नेपाली तालिबानको आक्रमणमा मारिएको घटनाले संघ अत्यन्तै दुस्खी भएको बताए।

कमाउन गएका हाम्रा दाजुभाईहरुको शव बाकसमा फर्किएको छ। यस्तो दुखद घडीमा मृतकका परिवारलाई थोरै भए पनि राहत होस् भन्दै प्रारम्भिक रुपमा कम्तिमा एक एक लाख सहयोग गर्न निर्णय गरिएको होु, उनले भने।

सोमबार बिहान अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी १३ नेपाली सहित १५ जनाको मृत्यु भएको थियो। मृतकको शव सरकारले नेपाल लगेर परिवार तथा आफन्तलाई बुझाइसकेको छ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १६:१८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...