एयरपोर्ट भुसिया कुकुरको बासस्थान, बिदेशी पर्यटकलाई नौलो …

काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थललाई भुस्याहा कुकुरले ठाउँ ठाउँमा कब्जा गरेर बसेका छन् ।

Airport ma Dog

बिमानस्थल परिसरभित्र अड्डा जमाएर बसेका भुस्याहा कुकुरहरुबारे एयरपोर्ट व्यवस्थापन र नेपालीहरुलाई त त्यति धेरै चासो छैन, तर जहाजबाट ओर्लने बित्तिकै बाहिर निस्किएका बिदेशी पर्यटकहरुलाई भने बिमानस्थल परिसर राज गरेका भुस्याहा कुकुर देखेर नौलो लाग्ने गरेको छ ।Airport ma Dog 1

विमानस्थल भित्रको यति सानो कुरामा त यति सारो हेलचेक्र्याँइ हुन्छ भने अन्य व्यवस्थापकीय कुरामा के होला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले त बिमानस्थलको सरसफाई लगायत प्रायः सबै विषयमा व्यवस्थापन प्रति सबैले प्रश्न गर्ने गरेका छन् ।

त्यहाँ पुग्ने जो कोहिले एयरपोर्टभित्रको यस्तो हालत राम्ररी नियालेर फर्कन्छन् । तापनि पर्यटकहरुको स्वागत गर्ने पहिलो गन्तव्य एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल परिसर भित्र रहेका भुस्याहा कुकुर धपाउन कसैको ध्यान गएको देखिन्न ।13569867_1160936507284930_1064859538_o (1)

प्रकाशित मिति ः २०७३ असार १९

२०७३ असार १९ गते १३:२७ मा प्रकाशित

You can share this post!

पारिवारिक खेती प्रोत्साहन गर्न सरोकारवालाहरुको जोड !

अबदेखि काठमाडौं–बनेपा–बर्दिवास सडकमा रात्रि बस चलाउन नपाइने !

Related posts