काठमाण्डौं । चाँदीको भाउ आज ९ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
केही दिनदेखि लगातार बढिरहेको चाँदीको भाउ आज बुधबार अढाई वर्ष यताकै महँगो भएको छ।
यसअघि चाँदीको मूल्य ९ सय ५ रुपैयाँ २०७० साल मंसिर ३ गते कायम भएको थियो। त्यसपछि आज नै सबैभन्दा बढी मूल्य कायम भएको हो।
गत सोमबार २ वर्ष ४ महिना यताकै महँगो हुँदै ९ सय रुपैयाँ पुगेको चाँदी हिजो मंगलबार स्थिर थियो। तर आज फेरि ५ रुपैयाँ प्रतितोला बढेर चाँदी अढाई वर्ष यताकै महँगो भएको हो।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा ठूलो वृद्धि देखिएकाले सोअनुसार मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
प्रकाशितः २०७३ असार २२
वि.सं.२०७३ असार २२ बुधवार १२:५९ मा प्रकाशित