काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ।
कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ।
धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८. ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ।
२३ असार २०७३, ५.००
वि.सं.२०७३ असार २३ बिहीवार १७:३१ मा प्रकाशित