back
NMB ad

मोटर बीमा दर सम्बन्धी नयाँ निर्देशिका आयो, के के भए परिवर्तन ?

Kumari bank ad

काठमाडौ । साउन १ गतेदेखि मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३ लागू हुने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा उल्लेख गरेअनुसार बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०६६ लाई परिमार्जन गरी “मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३” लागू गर्ने भएको हो ।

हेर्नुस् बीमा समितिले लागू गर्न लागेको नयाँ निर्देशिकाका नयाँ व्यवस्थाहरु ः

१. सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क पाँच लाख रुपैयां (रु. ५,००,०००) कायम गर्ने ।

२. उपरोक्त बमोजिमको बीमाङ्कको सिमा भित्र रही किरिया खर्च बापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रति ब्यक्ति तत्काल किरिया खर्च रकम पचास हजार रुपैयां (रु ५०,०००।–) कायम गर्ने ।

३. तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा अन्य कर्मचारीहरुको सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्क सीमा तीन लाख रुपैयां (रु. ३,००,०००।–) समेत कायम गर्ने ।

४. औषधी उपचार बीमाङ्कको सीमा भित्र कुरुवा खर्च प्रति दिन पा“च सय रुपैयां (रु.५००) ले पैंतालिस दिन सम्म कायम गर्ने ।

५. अंगभंग तथा औषधी उपचार दुवैको अवस्था सिर्जना भएमा तत् सीमा भित्र छुट्टा छुटै रही दावी कायम हुने ब्यवस्था गर्ने ।

६.चोटपटक लागेर अंगभंग भई अस्पताल पु¥याउनु पर्ने अवस्था सिर्जना भएमा एम्बुलेन्स खर्च रुपैंया दश हजार (रु. १०,०००) कायम गर्ने । यस प्रयोजनको लागि “एम्बुलेन्स भन्नाले सवारी साधन दुर्घटना भई सोमा सवार यात्रु, चालक, सहचालक, हेल्पर तथा तेश्रो पक्ष व्यक्ति घाइते, अंगभंग तथा मृत्यु भै अस्पताल पु¥याउन प्रयोग हुने एम्बुलेन्सको नाममा दर्ता भएको साधन वा सो तत्काल उपलब्ध हुन नसकेमा अन्य कुनैै यान्त्रिक सवारी साधन वा अन्य यस्तै अस्पताल पु¥याउने साधन भन्ने सम्झनु पर्छ ।

७.तेश्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रु पांच लाख र औषधी उपचार गर्नु परेमा रुपैयां तीन लाख (रु ३००,०००) को सीमा भित्रको वास्तविक औषधोपचार खर्च कायम गर्ने ।

८.उपरोक्त बमोजिम संशोधनको लागि प्रति यात्रु सिट बीमा प्रिमियम बार्षिक सात सय रुपैयां (७००) कायम गर्ने ।

९. सवारी साधनको बीमामा “नक फर नक” सम्बन्धी ब्यवस्था निम्न बमोजिम थप गर्ने ः

(१) बीमा भएको सवारी साधनहरु एक आपसमा ठोक्किई दुर्घटना भएमा सम्बन्धित बीमकहरुले आ–आफ्नो सवारी साधन बनाउनु पर्नेछ । सो सवारी साधन अर्को बीमा कम्पनीमा बीमा भए नभएको एकिन गर्ने दायित्व बीमक स्वयम्को हुनेछ ।

(२) दुई वटा बीमित सवारी साधनको संयुक्त दुर्घटनाको कारणले तेश्रो पक्ष प्रतिको दायित्व सृजना भएको तर प्रमाणित नभएको अवस्थामा बीमीतले प्रथम पटक रोजेको बीमकसंग दावी गर्न पाउने छ र त्यस वापत उक्त बीमकले तेश्रो पक्षलाई नियमानुसारको क्षतिपूर्ति गरी सो वापत समानुपातिक हिसावले आधा रकम अर्को बीमकसंग सोधभर्ना लिनु पर्नेछ ।

(३) दुई सवारी साधनहरु एक आपसमा ठोकिई यात्रु, चालक, सहचालक, परिचालक, चेकर, हेल्परको मृत्यु वा घाइते भएमा जुन गाडीको यात्रु, चालक, सहचालक, परिचालक, हेल्परको मृत्यु वा घाइते भएको हो सोही सवारी साधनको बीमालेखबाट क्षतिपूर्ति गर्नुपर्नेछ । यस्तो क्षतिपूर्तिको रकम दुर्घटना पछि दोषी ठहरिएको सवारी साधनको बीमालेखबाट असुलउपर गर्नु पर्नेछ ।

(४) बीमा भए नभएको एकिन गर्न एक बीमकले गरेको पत्राचारको जवाफ अर्को बीमकले बढिमा सात (७) दिन भित्रमा जवाफ दिईसक्नु पर्नेछ । सम्बन्धित बीमकबाट जवाफ प्राप्त नभए पनि दावी प्रक्रिया अघि बढाउने कार्य गर्नबाट बीमक पन्छिन पाउने छैन ।

(५) तेस्रो पक्ष गाडीको क्षतिको हकमा ह्रास कट्टी नगरी भुक्तानी गर्नु पर्दछ ।

(६) एक आपसमा ठोकिएका दुई सवारी साधनहरु मध्ये एकको बीमा नभएको अवस्थामा बीमा भएको सवारी साधनको क्षतिपुर्ति दिने प्रारंभिक दायित्व बीमा भएको सवारी साधनको बीमकको हुनेछ । त्यस दुर्घटनामा बीमा नभएको गाडीको तेश्रो पक्ष दोषी ठहरीएमा आफ्नो बीमीतको क्षति भूक्तानी गर्ने बीमितले त्यस्तो क्षति तेश्रो पक्ष गाडीको बीमा नभएमा मालिकसंग असुलउपर गर्न बीमित मार्फत वा बीमीतको सहयोगमा कानुनी कारवाही गर्नुपर्नेछ । तर त्यस्तो घटनामा बीमा भएको गाडी दोषी ठहरिएमा बीमा नभएको गाडीको तेश्रो पक्ष दायित्व अन्तर्गत बीमकले गाडीको क्षतिपुर्ति तथा उक्त गाडी चालक तथा सवार ब्यक्तिहरुको दायित्व भुक्तान गर्नु पर्नेछ ।

१०.ट्रयाक्टर तथा पावर ट्रिलरमा एक चालक तथा एक हेल्पर कर्मचारीको अनिवार्य बीमा गर्ने ब्यवस्था गर्ने ।

११. स्वामित्व परिवर्तन भएको अवस्थामा पैंंतीस दिन (३५) भित्र बीमालेख नामसारी गर्नुपर्ने ब्यवस्था कायम गर्ने ।

१२. मोटरसाइकलको हकमा एक चालक र एक यात्रुको मात्र प्रति व्यक्ति रुपैयां पांच लाख (रु.५००,०००।–) को दुर्घटना बीमा हुने ब्यवस्था कायम गर्ने । साथै औषधोपचारको सम्बन्धमा चालक र सोमा सवार एक ब्यक्तिको जनही अधिकतम तीन लाख रुपैयां कायम गर्ने साथै सो वापत बीमाशुल्क हालको ब्यवस्था बमोजिम लिई आएको तेश्रो पक्ष प्रतिको दायित्वको बीमाशुल्कमा प्रति मोटरसाइकल रु. ५०० थप गरी तेश्रो पक्ष प्रतिको दायित्व तथा चालक र सोमा सवार ब्यक्तिको दुर्घटना बीमाको बीमाशुल्क दर एकमुष्ट कायम गरी अनिवार्य ब्यवस्था गर्ने ।

१३.सवारी साधन दुर्घटना भै विदेशमा लगि उपचार गराउनु परेमा उपचार गराउन लगिएको सात (७) दिन भित्र बीमकलाई लिखित जानकारी दिनु पर्ने ब्यवस्था गर्ने ।

१४.सवारी साधनको स्वामित्वमा परिवर्तन आएको कारणले बीमालेख निष्क्रिय भएमा त्यस्तो सवारीका यात्री तथा सवारी साधनमा कार्यरत चालक, सहचालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको हकमा लागू भएको दुर्घटना बीमा सम्बन्धी व्यवस्थामा कुनै असर पर्ने छैन । सवारी साधनको स्वामित्वमा परिवर्तन भएपनि बीमा अवधिसम्म निजहरुको बीमा सुरक्षा कायमै रहने ब्यवस्था गर्ने ।

१५.यो निर्देशिका लागू हुनु अगाडीको ब्यवस्था अनुसार बीमा भै रहेका यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा अन्य कर्मचारीको बीमालेख अन्तर्गत नयां ब्यवस्था अनुसार लागू हुने बीमा संशोधन गर्न बीमितको अनुरोधमा समानुपातिक हिसाबले थप बीमाशुल्क लिई संपुष्टीद्धारा संशोधित ब्यवस्था बमोजिम गर्ने ।

१६.अपाङ्ग मैत्री मोटरसाइकल वर्गका सवारी साधनको बीमा गर्दा कूल बीमाशुल्कमा २५% प्रतिशत छुट दिने व्यवस्था गर्ने ।

“मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३” बीमा समितिको वेभ साइट डब्लु डब्लु डब्लु डट बिएसआईबी डट ओआरजी डट एनपी बाट डाउनलोड गर्न तथा हेर्न सकिने समितिले जनाएको छ ।

प्रकाशित मिति ः २०७२ असार २४

वि.सं.२०७३ असार २४ शुक्रवार १९:५८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...