back
NMB ad

अदालतले श्रीमतीलाई सारी उपहार दिन आदेश दिएपछि…..

Kumari bank ad

काठमाण्डौं । भारतको मध्य प्रदेशस्थित खरगौन जिल्लामा सम्बन्ध विच्छेदका लागि निवेदन दिने एक दम्पतिलाई अदालतले निकै रोचक शैलीमा मिलापत्र गराएको छ ।

सम्बन्ध विच्छेदका लागि अदालत पुगेका दम्पत्तिलाई अदालतले जुन तरिकाले मिलापत्र गराएको छ त्यो निकै रोचक छ । लोग्ने स्वास्नीबीच सम्झौता गराउनका लागि अदालतले सारी किनेर श्रीमतीलाई दिनका लागि पुरुषलाई आदेश दिएको छ र अदालत परिसरले लोग्नेले आफ्नी श्रीमतीलाई  अदालतको इजलासमा कुनै फिल्मको दृश्यजस्तै देखिन्थ्यो । सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेकी पत्नीलाई मनाउनका लागि सन्जू नामका ती पुरुषले सारी खरीद गरे र अदालतमा न्यायाधीशको अगाडि उपहार दिँदै भनेस् तिमी निकै सुन्दर छौ । जब यो साडी लगाउनेछौ तब अझै सुन्दर देखिनेछौ ।

खरगौन जिल्ला अदालतका मुख्य जिल्ला न्यायाधीश गंगाचरन दुबेले गत सोमबारको सुनुवाइका क्रममा मिलापत्रका लागि यस्तो जुक्ति अपनाए ।

तलाकका लागि निवेदन दिएकी रानू नामकी महिलाका कुरा सुनिसकेपछि न्यायाधीशले ती महिलाले एक्लोपन तथा उपेक्षाका कारण लोग्नेबाट डिभोर्स गर्न चाहेको पत्तो पाए ।

त्यसपछि उनले लोग्ने सन्जुलाई तत्कालै श्रीमती बजारबाट सारी किनेर ल्याएर दिन आदेश दिए । साथै श्रीमतीलाई सधै खुसी राख्न पनि आदेश दिए ।

लोग्नेले न्यायाधीशकै सामु आफ्नो प्रसंसा गर्दै सारी उपहार दिएर सधै खुसी राख्ने बाचा गरेपछि रानू पनि मख्ख परिन् ।

त्यसपछि रानू र सन्जुबीच डिभोर्स नगर्ने गरी मिलापत्र भयो । यो मुद्धाको फैसलाका क्रममा न्यायाधीशले लोग्नेलाई आदेश दिँदै भनेः महिलाहरुले दिनभर घरमा काम गर्दछन्, घर सम्हाल्छन् र त्यसक्रममा आफ्नो केयर कसैले गरोस् भन्ने पनि चाहन्छन् । त्यसैले लोग्ने भएर यति कुरा बुझ्नुपर्छ ।
प्रकाशितः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार १३:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...