back
NMB ad

पर्या–पर्यटनको  प्रबर्द्धनमा  जोड

Kumari bank ad

नवलपरासी, २५ असार ।   पर्या –पर्यटनको प्रशस्त सम्भावना भएकाले नवलपरासीको पर्या पर्यटन प्रबद्र्धनका लागि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, महाभारत पर्वत श्रृखला र थुप्रै ताल तलैया भएकाले  नवलपरासीलाई पर्यापर्यटनको जिल्लाको रुपमा चिनाउन सकिनेमा सहभागीहरुले जोड दिएका हुन्  ।

नेपाल पर्यटन पत्रकार मञ्चले कावासोतीमा आयोजनामा गरेको दुई दिने  पर्या–पर्यटन सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा मञ्चका अध्यक्ष विद्रोही गिरीले प्राकृतिक वातावरणलाई खलल नहुने गरी प्रकृतिमैत्री यात्रा या भ्रमण पर्या पर्यटन  भएकाले त्यसमा हुने  आर्थिक क्रियाकलापले समुदायलाई फाइदा हुने बताए  ।  पर्या पर्यटन  संरक्षणमुखी नै हुन्छ उनले भने ‘ पर्यापर्यटन विशेष संरक्षणमुखी अवधारणाको सिद्धान्तबाट निर्देशित हुन्छ ।’

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको नवलपरासीको अमलटारी गाउँ जैबिक बिबिधताको संरक्षण मार्फत देशकै उत्कृष्ट घरबास (होमस्टे)  सञ्चालन भएको उदाहरणीय गाउँ हो ।  सरकारले यसलाई गन्तब्य गाउँको रुपमा घोषणा समेत गरिसकेको  छ । देश तथा विदेशबाट त्यहाँको होमस्टेमा बास बस्ने अनि प्राकृतिक सुन्दरता सांस्कृतिक सुन्दरतासँग पर्यटकहरु रमाउने गर्दछन् ।

नवलपरासीको अमलटारी थारु गाउँ   अहिले दीगो पर्या पर्यटनको नमूना गाउँको रुपमा चिनिएको छ ।  पिठौलीको नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्र , महाभारत क्षेत्रको धौवादी, नरम  लगाएका क्षेत्रमा पर्या पर्यटन  सम्भावना भएको ठाउँ भएकाले त्यस्ता ठाउँहरुको प्रचार प्रसार र प्रवद्र्धनमा सञ्चारका माध्यमले चासो दिदा बाहिरका मान्छेलाई आकर्षण गर्न सकिने पत्रकार रमेशकुमार पौडेलले बताए ।

सञ्चारकर्मीहरुले पर्या पर्यटनको बिषयमा कलम चलाउदा ठाउँको परिचय मात्र नभएर त्यहाँका बासिन्दाको मुहारमा समेत परिवर्तन ल्याउने पत्रकार रामकुमार श्रेष्ठको धारणा थियो । कावासोती नगरपालिकाकी  अनुगमन तथा मुल्यांकन अधिकृत संगीता सुवेदीले वातावरणमैत्री कामले पर्या पर्यटको विकासमा  सहयोग पुग्ने बताइन्  । पर्यावरणका क्षेत्रमा सञ्चारकर्मीहरुले उत्साहित पूर्वक कलम चलाउने कामले वातारण प्रतिको सचेतना संगै बाहिरको मान्छेलाई आकर्षण गर्न सकिने  पत्रकार ज्ञानु पंगेनीले बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन ब्यवासायी संगठनका प्रदेश नं. ४ का सह सचिव जीवन सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा लगाएत २६ जना पत्रकारहरुको सहभागीता रहेको थियो  ।

वि.सं.२०७३ असार २५ शनिवार १४:२१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...