back
NMB ad

वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए

Kumari bank ad

काठमाण्डौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ वटा जहाज उड्नै नसक्ने गरी थन्किएका छन्।
आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अहिले अप्ठेरो परिस्थितिमा छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै ग्राउन्डेड भएका छन्।

नयाँ जहाज थपेर विस्तारै आफ्नो छवि सुधार्दै गइरहेको निगम स्वदेशी तथा विदेशी गन्तव्यमा दुवैतर्फ लगभग सून्य जहाजको अवस्थामा आएपछि छवि धूमिक मात्र नभई अब व्यापारिक हिसावमा पनि पछाडि पर्न थालेको छ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरिहेका ८ थान जहाजमध्ये अहिले ६ वटा ग्राउन्डेड छन्,’निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने,‘अधिकांश जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड भएका हुने भने अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाजचाहिँ चरा ठोक्किएर थन्किन पुग्यो।’

उनका अनुसार गत बिहीबार काठमाडौंबाट हङकङ उडान गर्न धावनमार्गमा कुदिरहेका बेला ‘ए३२०–२००’ सिरिज जहाजमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो। नागरिक दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार २८

वि.सं.२०७३ असार २८ मंगलवार १०:२९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...