काठमाण्डौं । ‘विदेशी विनिमय सम्बन्धी’ छानविन र अनुसन्धानको लागि अबिलम्ब उपस्थित हुन भन्दै राजस्व अनुसन्धान विभागले कनकमणि दीक्षित र उनकी पत्नी शान्ताको नाममा सार्वजनिक सूचना जारी गरेको छ।
पटक-पटक पत्राचार गर्दा र प्रहरी टोली पठाउँदा समेत फेला नपरेको भन्दै विभागले अनिवार्य उपस्थित नभए प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने समेत जनाएको छ।
गोरखापत्रमा प्रकाशित उक्त सूचनामा ‘यसअघि सात दिनभित्र उपस्थित हुन पत्र पठाउँदा घरमा फेला नपरेको र छोरा इलमलाई २०७३ असार १३ गते पत्र पठाउँदा पनि विभागमा नआएको’ उल्लेख छ । साथै सूचनामा ‘फोनमा समेत सम्पर्कमा नआएकाले २०७३ असार २८ गते महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी टोली सहित घर ठेगानामा लिन जाँदा फेला नपरेको’ भनिएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष दीक्षितसँग अकूत सम्पति भएको दाबी गर्दै विभिन्न विदेशी बैंकमा रकम राखेको बताएको थियो ।
२९ असार २०७३, ९.००
वि.सं.२०७३ असार २९ बुधवार ११:०२ मा प्रकाशित