back
NMB ad

प्रमले राजिनामा नदिए माओवादीले बजेट फेल गर्ने, कांग्रेसले दिने भो साथ !

Kumari bank ad

काठमाण्डौं । हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए सरकारले पेस गरेको बजेट फेल गराउने निर्णय गरेकोछ । यता कांग्रेसको आज बिहान बसेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेकोछ ।

लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बुधवार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीले राजीनामा नदिए बजेट पास गर्न समर्थन नजनाउने निर्णय गरेको छ । यस्तै बैठकले ओलीले राजीनामा नदिए संसदमा आज बुधवारै अविश्वासको प्रस्ताव दर्ता गर्ने पनि निर्णय गरेको छ ।

यता, नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनको सहमति प्रस्तावलाई अनुमोदन गरेको छ।

आज बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्दीय समितिको बैठकले दुई दलबीच भएको ७ बुँदे सहमति पत्रलाई अनुमोदन गर्दै संविधान कार्यन्वयन, शान्ति प्रक्रियालाई पूर्णता दिँदै संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका मधेसी मोर्चा लगायतका पक्षसँग वार्ता र सहमतिद्वारा समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउने निर्णय गरेको छ।

२९ असार २०७३, ११।००

वि.सं.२०७३ असार २९ बुधवार ११:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...