ग्लोबल आईएमईले पायो अन्तर्राष्ट्रिय अवार्ड “बेष्ट इन्टरनेट बैंक २०१६” !

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्डबाट सम्मानित भएको छ। इन्टरनेशनल फाइनान्स म्यागजिनले ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा सम्मानित गरेको हो ।

ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

“सबैका लागि बैंक” भन्ने उद्धेश्यका साथ स्थापना भएको ग्लोबल आइएमई बैंकका हाल ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् भने बैंकले ६ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले इण्डिया र अष्ट्रेलियामा आफ्ना सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दे आईरहेको छ ।

२९ असार २०७३, १।००

२०७३ असार २९ गते १३:४२ मा प्रकाशित

You can share this post!

घट्न थाल्यो, सुनको भाउ

आयो दुई बैंकको ६६ लाख कित्ता साधारण सेयर बजारमा !

Related posts