काठमाण्डौं । मनासलु बिकास बैंक र एनबी ईन्स्योरेन्सले ले हकप्रद सेयर निस्कासनका लागि सेयर धनी किताब यही साउनको ५ र ६ गते बन्द गर्न लागेको सूचना निकालेका छन् ।
गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनासलु विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निश्काशनको लागि आगामी साउन ६ गते सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । बैंकले साउन ५ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र कायम दुई कित्ता सेयर वापत थप एक कित्ता सेयर एकसय रुपैया मूल्यमा किन्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य हाल प्रति कित्ता ५६६ रुपैयाँ रहेको छ ।
त्यस्तै, एनबी ईन्स्योरेन्सले पनि ८० प्रतिशत हकप्रद सेयर निश्काशनका लागि साउन ६ गते नै सेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको छ । ५ गतेसम्म सेयर किन्नेले हकप्रद पाउने छन् । कम्पनीको सेयरमूल्य ८७ रुपैयाँ ७२ पैसा रहेको छ ।
३० असार २०७३, ९।००
वि.सं.२०७३ असार ३० बिहीवार ११:५४ मा प्रकाशित