एनसीसीसँग पाँच बैंक गाँभिदै, हेर्नुहोस् कुन कुन बैंक गाँभिदैछन् ?

काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमीटेडको सिद्धार्थनगर भैरहवामा हिजो बुधवार सम्पन्न विशेष साधारणसभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक लिमीटेडबीच गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

आज बैंकले एक विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएको हो । बैंक संचालक तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको सभापतित्वमा सम्पन्न सभाले यसका लागि बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको बताइएकोछ ।

विज्ञप्तिमा मर्जरपछि बन्ने संस्थामा एनसीसी बैंकको प्रबन्धपत्र तथा नियमावली लागु हुने भएकोले सोही अनुसार प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्तावित संशोधन समेत पारित गरेको उल्लेख छ ।

३० असार २०७३, २।००

२०७३ असार ३० गते १४:०० मा प्रकाशित

You can share this post!

कृषिले बदलेको जीवन :  दैनिक १ लाख आम्दानी !

संयुक्त बिज्ञप्ति निकाल्दै माओवादी र कांग्रेसले गरे सरकारलाई खबरदारी !

Related posts