back
NMB ad

उपत्यका बाहिरका ग्यास सिलिन्डर निःशुल्क साटिने

Kumari bank ad

काठमाण्डौं । नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं उपत्यका बाहिरबाट ल्याएका ग्यास सिलिन्डर काठमाडौंमै साट्न पाउने भएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निशुल्क सिलिन्डर साट्न पाउने व्यवस्था गर्दैछ। बिहीबार बसेको संघको बैठकले उपत्यका बाहिरका सिलिन्डर काठमाडौंका विभिन्न ग्यास गोदामबाट साट्ने व्यवस्था गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगले काठमाडौं उपत्यकाभित्र मार्केटिङ नगरेका तथा आधिकारिक विक्रेता नभएका सबै ग्यास सिलिन्डर साउन १ देखि ७ गतेसम्म साट्न व्यवस्था मिलाइएको जानकारी दिए।

‘विभिन्न ग्यास विक्रेता तथा डिपोले सिलिन्डर साट्नका लागि अनावश्यक रकम लिइरहेको गुनासो उपभोक्ताबाट आइरकेको छ,’उनले भने,‘अब उपभोक्ताले कुनै पनि शुल्क नतिरी सहजै साट्न पाउनेछन्।’

आपूर्ति मन्त्रालय र संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिले काठमाडौं उपत्यका बाहिरका ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्न यसअघि उद्योगलाई निर्देशन दिएका थिए। कारोबार दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार ३१

वि.सं.२०७३ असार ३१ शुक्रवार १०:१३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...