back
NMB ad

मन्त्री छान्दै प्रचण्ड

Kumari bank ad

काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रै नेताहरुले सुझाव दिएका छन्।

प्रचण्डलले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन्। यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दियो।

महराले गृहकार्यको आधार संविधान कार्यान्वयन, शान्ति सम्झौताअन्तर्गत द्वन्द्वकालीन मुद्दाको निरुपण, सक्षम र प्रभावकारी संक्रमणकालीन न्याय र जनमुखि दृष्टिकोण राखेका छन्।

प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदाको ९ महिने कार्यकालको समीक्षासमेत गरिरहेको स्रोतले बतायो। पहिलो पटक उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री भएका थिए।

माओवादी केन्द्रबाट उपप्रधान एवं अर्थमन्त्रीमा कृष्णबहादुर महरा, स्थानीय विकासमन्त्री जनार्दन शर्माको नाम आएको छ। त्यस्तै गिरिराजमणि पोखरेल र हितराज पाण्डे पनि मन्त्रीको सूचीको अग्रभागमा रहेको स्रोतले बतायो।

यसैगरी कर्णालीबाट महेन्दबहादुर शाही, मधेसबाट प्रभु शाह, महिलाबाट रेखा शर्मा नभए सीता नेपाली, थारुबाट गौरीशंकर थारु वा बुद्धिसागर चौधरी, दलितबाट दलजित श्रीपालीको नाम मन्त्री हुने सूचीमा छ।

पोखरेल र शर्मालाई वर्तमान सरकारमा रहँदा प्रभावकारी काम गरेको भन्ने मूल्यांकन माओवादी नेतृत्वले गरेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रकाशितः २०७३ असार ३१

वि.सं.२०७३ असार ३१ शुक्रवार १०:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...