back
NMB ad

सेयर बजारमा हुने चलखेल रोक्न धितोपत्र बोर्डद्वारा समिति गठन !

Kumari bank ad

काठमाण्डौं । सेयर बजारमा हुने चलखेल रोक्नका लागि र बजार सुपरिवेक्षण गर्नका लागि धितोपत्र बोर्डले समिति गठन गरेकोछ । हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरि छानविन समिति गठन गरिएको बोर्डले जनाएको छ ।
अहिले सेयर बजारले दिनदिनै अर्ब भन्दा बढीको व्यापार गरिरहेकोछ भने सूचकहरु पनि बढीरहेका छन् । हेर्नुहोस् धितोपत्र बोर्डको विज्ञप्तिको पूर्ण पाठ ।

‘धितोपत्र बजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढ्न गएको तथा बजारको दायरा समेत फराकिलो भएको परिप्रेक्ष्यमा बजारको सुपरिवेक्षण गर्ने कार्य थप चुनौतीपूर्ण हुदै गएको तथा धितोपत्र बजारमा विभिन्न किसिमका उजुरी, समस्या तथा गुनासाहरु बोर्डमा प्राप्त हुने क्रममा तीव्रता आएको छ भने अर्कोतर्फ धितोपत्र बजारको बढदो आकार सँगसँगै जोखिम बढनुका साथै स्रोत नखुलेको रकम समेत बजारमा आएको आशंका विभिन्न पक्षहरुबाट गरिएको छ । धितोपत्रको राफसाफ तथा फछ्यौंट कार्यको सहजीकरण सँगसँगै विगत केही समय देखि धितोपत्र दोस्रो बजारमा हुने कारोबारको संख्या तथा रकममा समेत बृद्धि भएको र हाल दैनिक रुपमा एक अर्ब भन्दा बढीको कारोबार भैरहेको छ ।’ बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययन तथा छानविन गर्न बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागका प्रमुख कार्यकारी निर्देशकको संयोजकत्वमा, बोर्डको कानुन तथा प्रबलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशकहरु रहने गरी एक सुपरिवेक्षण तथा छानविन समिति गठन गरिएको छ ।

अध्ययन तथा छानविनलाई प्रभावकारी बनाउन उक्त समितिमा आवश्यक्तानुसार नेपाल सरकार, अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धाग विभाग र अन्य विज्ञहरु समेतलाई आमन्त्रण गर्ने व्यवस्था गरिनुका साथै उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ । तत्पश्चात सो समितिले धितोपत्रको कारोबार, सम्पत्ति शुद्धीकरण तथा बोर्डमा प्राप्त हुने उजुरीको निरन्तररुपमा सशक्त सुपरिवेक्षण तथा छानविन कार्य गरी बजारको स्वच्छता र पारदर्शीताका लागि निरन्तररुपमा कार्य गर्ने व्यवस्था गरिएको छ ।’

३१ असार २०७३, ११.००

वि.सं.२०७३ असार ३१ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...