काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले नेपाल धितोपत्र बोर्डबाट ७ करोड मूल्यको ७ लाख कित्ता सेयर आइपीओ निश्कासनको अनुमति पाएको छ ।
आइपीओ निश्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक नियुक्त भएको छ ।
आइपीओले ढिलोमा पनि साउन तेश्रो साताभित्रमा निश्कासनको प्रक्रिया थालिनेछ ।
नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिनर्जी पावरको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो भनेको मध्यम रेटिङ हो ।
सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइडोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
प्रकाशितः २०७३ असार ३१
वि.सं.२०७३ असार ३१ शुक्रवार १४:५३ मा प्रकाशित