साउन हरियो रातो र पहेंलो चुराको व्यापार, दैनिक २५ देखि ३० दर्जन

काठमाण्डौं । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । पछिल्लो समय साउनमा महिलाहरु हरियो–रातो–पहेँलो चुरा, पोते, मेहेन्दी लगाएर सजिएको देख्न पाइन्छ । फेशन बन्दै गएको यसले व्यापार पनि उत्तिकै बढाएकोछ ।

चुरा पसलेहरु अरुबेला २÷३ दर्जन मात्र खपत हुने हरियो र पहेंलो चुरा साउन लागेपछि भने दैनिक २५ देखि ३० दर्जन एकै पसलबाट बिक्री हुने गरेको बताउँछन् । अरु समयमा यी कुराको महत्व नभए पनि साउनमा भने विशेष रुपमा रातो हरिया े र पहेंलो चुरा बिक्री हुने गर्छ ।

चुरा व्यापारीलाई भ्याई नभ्याई हुन्छ। उनीहरु बिहानदेखि साँझसम्म चुराको कारोबार गरिरहेका भेटिन्छन्।

बजारमा अहिले बुट्टा र गुणस्तरको आधारमा सामान्य काँचको चुराको ३० रुपैयाँ प्रतिदर्जन देखि १५० रुपैयाँसम्म पर्छभने मेटलका १ सयदेखि ५ सयसम्मका चुराहरु बढी बिक्री हुने गरेको पाइन्छन् ।

२ साउन २०७३, ९।००

२०७३ साउन २ गते ११:२० मा प्रकाशित

You can share this post!

राजस्व सङ्कलनमा सरकार सफल, लक्ष्यभन्दा झन्डै छ अर्ब बढी उठ्यो

असफल सैनिक कूको प्रयास, इतिहासमै एउटा दाग !

Related posts