स्याउको राजधानीमै ३३ हजार स्याउका विरुवा वितरण !

मुस्ताङ । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ । आव २०७२÷७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो ।

कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई आत्मनिर्भर बनाउन र स्याउको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषक समूहमार्फत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको बताइएकोछ ।

त्यस्तै कृषक समूहले ५० प्रतिशत अनुदानमा खाद्य तथा बीउबिजन वितरण, मागमा आधारित हाते ट्याक्टर, रिफर, जुसरको वितरण, स्याउ र ओखरको बीउ वितरण गरेको बताएको छ ।

२ साउन २०७३, ९।००

२०७३ साउन २ गते १२:३० मा प्रकाशित

You can share this post!

आजबाट सेयर बजारमा ४ घण्टा कारोबार हुँदै, लगानीकर्ता उत्साहित !

२ लाख ६० हजार खर्च गरेर बनाइयो परेवालाई घर !

Related posts