सेयर बजारमा आज वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, ५० अंकले बढ्यो यसको सूचक !

काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक भएपछि भएको सेयर कारोबार भएको पहिलो दिन वाणिज्य बैंक समूहले बजार उचालेको छ । समग्रमा २७ अंकले बढेको सेयर सूचकमा आज वाणिज्य बैंकको मात्र ५० अंकले सूचक बढेको छ ।

आज कारोबार अवधिभर अधिकांस बाणिज्य बैंकका लगानीकर्ताले कमाए । त्यस्तै उत्पादनमुलक समूह, अन्य समूह र फाइनान्स समूहका लगानीकर्ताले कमाएका छन् । जलविद्यूत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल)को सेयर मुल्य पनि बढेकोछ । आज बाणिज्य बैंक समूहको मात्रै ६७ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आजबाट सेयर बजारमा एक घण्टा कारोबार समय थपिएको छ । दिनभरमा एक अर्ब ३६ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएकोछ ।

२ साउन २०७३, ३।३०

२०७३ साउन २ गते १६:२१ मा प्रकाशित

You can share this post!

यसपालीको बजेटले सोच्न नसकेको विषय के–के हो ?

विद्युत महशूल दर वृद्धिको निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह

Related posts