काठमाण्डौं । कैलाश विकास बैकको आजबाट नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार खुलेको छ । बैंकको कारोबार कोड केबीबीएल रहेको छ । मर्जरपछि खुलेको बैंकको सेयर मूल्य पहिलो दश मिनेटमानै सात प्रतिशत भन्दा धेरैले उकालो लागेर प्रतिकित्ता ३८९ रुपैयाँ पुगेको छ ।
सेयर बजारमा यसको कारोबार खुलेसँगै ७६ हजार कित्ता सेयर माग भए पनि सेयर बेच्ने कोही देखिएका छैनन् । दुई विकास बैंक र एक फाइनान्स कम्पनी अर्थात् कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिएर कैलाश विकास बैंक बनेको हो । बैंकको चुक्तापूँजी एक अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
३ साउन २०७३, ११।००
वि.सं.२०७३ साउन ३ सोमवार १२:५३ मा प्रकाशित