back
NMB ad

रत्नपार्कले कमायो ८५ लाख २२ हजार !

Kumari bank ad

काठमाण्डौं । राजधानीको केन्द्रका रुपमा रहेको रत्नपार्कले एक वर्षको अवधिमा करिब ८५ लाख २२ हजार आम्दानी गर्न सफल भएकोछ । अघिल्लो आवको असार महिनादेखि केही थप व्यवस्थापनका साथ सर्वसाधारणका लागि खुला गरिएको रत्नपार्कबाट एक वर्षमा रु ८५ लाख २१ हजार ६ सय ६७ रुपैयाँ आम्दानी भएकोछ ।

कामपा, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीले एक वर्षका अवधिमा तीन लाख २९ हजार ६ सय २३ जनाले रत्नपार्कको अवलोकन गरेको जानकारी दिएका छन् । अवलोकनकर्ताबाट प्रवेश शुल्कस्वरुप लिइएको रकम नै आम्दानी हो ।

अवलोकनकर्ताले उद्यानभित्र नै खाजाघरको माग गरेपछि अबको केही दिनभित्रै सो पनि घर बन्ने निश्चित भएको छ । अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै गत वर्ष चैत ५ गतेदेखि निःशुल्क इन्टरनेट सुविधा पनि दिइएको छ । रत्नपार्क प्रवेशका लागि विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेश शुल्क तोकिएको छ ।

४ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन ४ मंगलवार १३:१३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...