नेपाल राष्ट्र बैंकले भोली १० अर्बको रिभर्स रिपो जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा भएको अधिक तरलता खिच्ने उद्देश्यले (भोली) बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । असारको अन्तिममा सरकारी विकासखर्च अत्यधिक बढेकाले बजारमा तरलता बढेको हो ।

राष्ट्र बैंकले जारी गर्ने रिपोको समयावधि ७ दिनको हुनेछ । साउन ५ मा निष्काशन भएको रिपो साउन १२ गते म्याचुअड हुने राष्ट्र बैंकले् जनाएको छ ।

गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक(पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगनी गर्न पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशितः २०७३ साउन ४

२०७३ साउन ४ गते १५:३७ मा प्रकाशित

You can share this post!

काठमाडौका १९ पेट्रोल पम्पका शिल भित्रै तेल घटबढ गर्ने रिमोट चिप्स

नेप्सेले १८ सय अंक क्रस गर्‍यो, बैंकमा लगानीकर्ताको आकर्षण

Related posts