back
NMB ad

चियाका गिलास माझ्न भारत पुगेका दिनेश पर्यटनमा यसरी उदाए !

Kumari bank ad

नाम बारे रोचक तथ्य

२०४० सालमा गोरखा जिल्लाको आरुचनौटे वडा नं ५ मा जन्मिएका तारानाथको हजुरबुबाको नाम पनि तारानाथ नै हो । र हजुरबुबाले नै उनको(नाती) नाम पनि तारानाथ नै राखिदिए पछि उनी पनि अन्ततः तारानाथ नै भए । कक्षा ९ मा पढ्दै गर्दा नाम परिवर्तन गर्ने उनको चाहना थियो । तापनि उनको नाम परिवर्तन गरिदिने कोहि भएन । उनलाई सुरुमा तारा भनेको केटी मान्छेको नाम हो कि भनेर लज्जाबोध पनि हुने गर्दथ्यो । पुरानो विगतलाई सम्झेर आजका दिन विभिन्न कार्यक्रममा उनले आफ्नो यहि नामको विषयमा ठट्टा पनि गर्ने गरेका छन् ।

अझै रोचक के छ भने यति लामो नाम हुँदा हुँदै फेरी नामको पछाडि ʽदिनेशʼ किन रहन गयो ? हजुरबुबाको नाम भन्दा फरक बनाउन हो त ? तर त्यसो होईन रहेछ । कुरो के रहेछ त भन्दा उनी कक्षा दशमा पढ्दै गर्दा दिनेशलाई मनपराउने साथीले दिएको उपनाम रहेछ । त्यहि दिनेश अहिले पर्यटन व्यवसायीमाझ उदीयमान युवा पर्यटन व्यवसायीको रुपमा परिचित छ ।

कष्टकर बाल्यकाल

दुःखको कुरा उनी दुई वर्षको छँदा नै उनको बुबाको निधन भयो । अनि आमा (ममी) ले दिदी, दाजु र उनलाई दुःखका साथ हुर्काउने, पढाउने काम गरिन् र त दिनेश आजको यो स्थानसम्म आईपुग्न सफल भएका हुन् ।

दिनेशको बाल्यकाल अति दुःखका साथ बित्यो । बिहानै उठेर घरबाट १ घण्टा दूरीमा रहेको बुढी गण्डकी किनारमा गएर घाँस काट्ने, खेतमा पानी लगाउने, घरमा फर्केर ९ बजे तिर खाना खाएर अर्काे डेढ घण्टा लगाएर देउराली भञ्याङ भन्ने स्थानमा पढ्न पुग्नु पर्ने उनको दैनिकी जस्तै थियो ।

खान पनि मुस्किल पर्ने जग्गा जमिन, निमेक गरेरै भएपनि आमाले ३ बच्चा लाई राम्रै सँग हुर्काइन् । गरिब परिवारमा भएपनि सानैदेखि तारानाथ पढ्नमा तेज दिमाग भएका बिद्यार्थीमा गनिन्थे । २०५६ सालको एसएलसी परिक्षामा उनी पहिलो श्रेणीमा उत्तीर्ण भएका हुन् ।

गिलास माझ्न कसले पुर्यायो भारत ?

गरिबीको कारण कक्षा ७ पढ्दा पढ्दै गाउँमा एकजना हजुरबुबा जो भारतको फरिदाबादमा सेक्युरिटीमा काम गर्थे, उनले पढाइदिने आश्वासन सहित जागीर मिलाईदिने भनेर भारत पुर्याए । उनको आश्वासनमा आमासँग ९ सय लिएर उनी दिल्ली गएका थिए । तर त्यहाँ न पढाई न काम केहि पनि भएन । अर्काे एकजनाले उनलाई पुरानो दिल्लीमा चिया पसलमा भाँडा माझ्ने काम लगाईदिए । काम न काजको भएको बेला भाँडा माझ्ने काम पाएपछि नचाहेरै खुसी हुनुपर्ने बाध्यता दिनेशलाई पर्यो । हजारौं कप चिया बिक्ने पसल थियो त्यो । बिहान उठेदेखि राति १२ बजेसम्म ३÷४ महिना गिलास माझेपछि पढ्न पाइएन भनेर उनी नेपाल फर्किए । गिलास माझेर जम्मा गरेको ३ सय भारतीय रुपैंया लिएर रुँदै रुँदै गाउँ फर्किएको सम्झँदा दिनेश आजपनि दुखित बन्ने गर्छन् । घर फर्केर केहि महिना पढेर परिक्षा दिए । त्यतिबेला पनि उनले तृतिय स्थान हासिल गरेका थिए ।

taranath dinesh

कामको खोजीमा के के गरे ?

२०५६ को एसएलसी दिएपछि २०५७ साल बैशाखमा आमा सँग १ सय रुपैंया मागेर गाउँकै एक काकाको साथमा उनी काठमाडौ आए । सय रुपैंयाले काठमाडौसम्म आउने गाडीभाडा र खाजा खर्च त पुग्यो । तर बस्ने कहाँ, खाने के भन्ने समस्या पर्यो । ती काकाले उनको मामाको कोठामा छाडिदिए । दिनेशलाई अब त मामाकोमा बसिन्छ भन्ने लागेको थियो । तर मामाको एउटा मात्र कोठा र मामाकोमा अरु पनि सँगै बस्दथे । मामाकोमा बस्न धेरै गाह्रो महशुस भएपछि १५/२० दिनमै नयाँ कोठा खोजेर थाल, कचौरा र एउटा खाट किनेर उनी छुट्टै बस्नथाले । त्यो दिन उनको खुसीको दिन थियो । त्यतिबेला उनी गार्मेन्टमा मासिक पन्ध्र सय तलबमा काम गर्दथे ।

२०५७ असारमा एसएलसीको नतिजा आयो । त्यसपछि उनी काठमाडौ छाडेर गोरखा क्याम्पस भर्ना भई ४ महिना पढे । पढ्दै गर्दा धादिङको कटुञ्जेमा बोर्डिङ पढाउने अफर आयो । गरिबी र खल्तीमा पैसो नभएको बेला पढाउने अफर आएपछि उनले २२ सय तलबमा बोर्डिङमा पढाए । तत्कालिन अवस्थामा माओवादीले बोर्डिङ बन्द गरायो । त्यसपछि फेरी उनी काठमाडौै फर्किए । एउटा टहरोमा कोठा लिएर दालमोठ, दुनोट, केक लगायत सामाग्री साइकलमा राखेर बेच्न थाले । त्यसैबेला अन्य साथीको सुझावमा दुई हजार ९ सय रुपैंया कृषि विकास बैंकमा जम्मा गरेर त्यहि पैसाले कामको सुरुवात गरेको उनी बताउँछन् ।

लामिछानेलाई दालमोठ बेच्दाबेच्दै ढावा रेस्टुरेन्ट बबरमहलमा वेटर गर्ने रहर जाग्यो । त्यसपछि ट्रेनी वेटरबाट बिना तलब एक महिना काम गरे । केहि समयपछि रेष्टुरेन्ट बन्द भयो । अनामनगर कै क्वालिटी फास्टफुड, ओसो तपोवनमा वेटर लगायत विभिन्न स्थानमा काम गरे । सन् २००१ देखि २००५ सम्म ओसो तपोवनको आश्रममा काम गरे । ओशो तपोबनमै आफुलाई सम्पूर्ण उत्प्रेरणा जागेपछि उनले आमा र घर गृहिस्थी पनि हेर्नु पर्छ भनेर त्यहाँ छाडेर घुम्बाराहीमा एक निर्माण कम्पनीको रोडा, ढुंगा, वालुवा, इट्टा लगायत निर्माण सामाग्री व्यवस्थापनको काम गर्न थाले । त्यति नै बेला उनको विवाह भयो । पछि मालिकसँगको विवादले उनको जागीर गयो । त्यसपछि अब के गर्ने भन्दै उनी तनावमा थिए । श्रीमतीको दरिलो आत्मविश्वास र उत्प्रेरणाले जीवनको बाटो मोडिएको लामिछाने बताउँछन् ।

 taranath dinesh 1

पढाईको पाटो

एसएलसी पछि अंग्रेजी प्रमुख विषय बनाएर गोरखा क्याम्पस भर्ना भएका उनले आफ्नो पढाईलाई काठमाडौ, महेन्द्ररत्न क्याम्पस ताहाचल सिफ्ट गरे । आईएड पढ्दा पढ्दै उनको बिहे भयो । त्यसपछि श्रीमतीको सहयोगले उनले आई एड सक्काए । श्रीमती सँगसँगै पढेर २०६७ मा उनले बीएड पास गरेका उनी अहिले महेन्द्ररत्न ताहाचलमै एमएड गर्दैैछन् ।

क्युरियो पसलबाट ठमेल प्रवेश

लामिछाने त्यतिबेला ठमेलमा केहि सिमित व्यक्तिहरु चिन्दथे । तर त्यहाँ कसरी प्रवेश गर्ने भन्ने पहुँच थिएन । उनको मामाको छोरो नाताले भाई (दिपक खनाल)ले टेवलमा क्युरियो पसल संचालन गर्न भने । दिपकले सहयोग गरे । ठमेलमा अरुको पसल बाहिर एउटा टेबलमा सामान राखेको ५ हजार भाडा तिरेर दुई वर्ष व्यापार गरे । क्युरियोबाट उनको कमाई राम्रै भयो । त्यो बीचमा लामिछानेले रसियन भाषा सिकिसकेका थिए । रसियन भाषाकै कारण उनले पर्यटनमा लाग्ने निधो गरे । त्यसपछि पसलमा श्रीमतीलाई राखेर उनी रसियन पर्यटकको गाईड गर्न थाले । ठमेलको नेपाल इन्भारोमेन्ट हुँदै आउटडोर हिमालयन ट्रेक्समा काम गरे । गाइड गर्दा गर्दै उनले एउटा यस्तो पर्यटकले भेटे, जो उनको लागि भगवान सावित नै भए । ६ बर्ष गाइड भएर गर्दा गर्दै म्यानेजर भएका दिनेशले ती पर्यटकले दिएको हौसला र सहयोगले सन् २००८ मा उनले ओसोभिजन कम्पनी दर्ता गरे । रसियन भाषामा पोख्त भएकाले नै उनी आम पर्यटनका दिनेश बन्न पुगेका हुन् ।

osho home
osho home 3Amyrllies 1 उनले घोरेपानी ट्रेक्समा पहिलोपटक गाईड गरेका थिए । गाईड गर्दा दैनिक ५ सय रुपैंया पाउँथे । टिप्स लगायत अन्य जोड्दा ४/५ दिनको ट्रेकिङ गर्दा उनले १० हजार जति कमाउथे । ऋण गरेरै कम्पनी खोलेका उनलाई राम्रै आम्दानी भईरहेको छ । सन् २०१४ अक्टोबर २३ मा ओशो होम होटल संचालनमा ल्याएका उनले अहिले अर्काे होटल एमारिलिज संचालनमा ल्याएका छन् ।

हाल उनी पर्वतीय तथा पदयात्रा पर्यटनको क्षेत्रमा विकास गर्न स्थापित ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को कार्यसमिति सदस्य छन् । स्वच्छरुपले व्यवसाय संचालन गर्दा मजदुर र व्यवसायी कसैले पनि दुःख पाउनुहुन्न भन्ने मान्यता राख्ने लामिछाने समाजसेवामा रुची राख्दछन् ।

(हरिशरण न्यौपानेसंग कुराकानीमा आधारित)

प्रकाशित मिति : ६ साउन २०७३ / ८ : ४०

वि.सं.२०७३ साउन ६ बिहीवार ०८:४२ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...