back
NMB ad

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार विघटनको खेल : मन्त्री राई

Kumari bank ad

भक्तपुर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार बिघटन गरिएको दाबी गरेका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले त्यो सरकार बिघटन गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार माथि अविश्वासको प्रस्ताब काँग्रेस र माओवादीबीच गलत नियतले अध्याँरो कोठामा बसेर गरिएको र यसले सकारात्मक परिणाम नल्याउने भन्दै उहाँले यो नयाँ गठबन्धन नेपाल र नेपालीको हितमा नभएको दाबी गरे ।
संसदमा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भएता पनि हाल उनको भूमिकालाई नियाल्ने हो भने निश्पक्ष नरहेको पनि उनले बताए । सभामुखले वर्तमान समयमा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको र यसले संसदको मर्यादामा समेत प्रश्न उठेको उनको भनाई थियो ।

सोही क्रममा मन्त्री राईले वर्तमान सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्ने भन्दै यो नीति तथा कार्यक्रम २ करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

उनले नेपाली काँग्रेस र माओबादी केन्द्रबीच भएको सम्झौता आफ्नो इच्छाले भन्दा पनि बाहिरी प्रभावमा बनेको स्पष्ट भएको बिभिन्न स्थानमा गरिएका भोज र तराई आन्दोलन सरिक गठबन्धनले काँग्रेस र माओबादीलाई गरेको सहयोग रहेको बताए ।
वर्तमान सरकारले सञ्चार क्षेत्रमा देखिएका बिभिन्न अवरोधलाई नियन्त्रण गर्दै सञ्चार नीति सार्वजनिक गरेको र यसले सञ्चार क्षेत्रको बिकासमा अहंम भूमिका निर्वाह गर्ने भएकाले जस्ताको तस्तै कार्यान्वयन गरिनु पर्नेमा जोड दिए ।

६ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन ६ बिहीवार १२:१३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...