सेयर बजार आज १२ अंकले बढ्यो, इन्स्योरेन्समा देखिए लगानीकर्ता !

काठमाण्डौं । इन्स्योरेन्स समूहमा लगानीकर्ता झुम्मिएपछि हिजो बुधबार घटेको बजार आज विहीबार करिब १२ अंकले बढ्न पुगेकोछ । आज सेयरबजारमा १४१ कम्पनीको एक अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १७९८.८३ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ६४ करोड रुपैयाँ घट्न पुगेकोछ ।

बैंकिङ र इन्स्योरेन्स समूह उकालो लागेपछि बजारको सूचक बढ्न पुगेको हो । इन्स्योरेन्स समूहको सूचक आज १२५ अंकले बढेको छ भने बाणिज्य बैंक समूहको ५.८ प्रतिशतले बढेको छ ।

६ साउन २०७३, ४.००

२०७३ साउन ६ गते १६:३३ मा प्रकाशित

You can share this post!

अनुमति पाएको तीन सातामै ९ कम्पनीको इजाजतपत्र खारेज !

फुटबलर अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित !

Related posts