एनसेलद्वारा हाईड्रोलिक र्यामपम्प जडान, तीन गाउँले खानेपानी र सिंचाई सुविधा पाए !

काठमाण्डौं । एनसेलले ५ घण्टा लगाएर खानेपानी ओसारपोसार गर्नुपर्ने बाध्यता रहेको स्याङ्जा जिल्लाका तीन गाउँमा खानेपानी र सिचाईंका लागि हाईड्रोलिक र्यामपम्प जडान गरेकोछ । यसबाट एलादी, दिप्का र ठुलादी गाँउका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । डाडाँमा रहेका ती गाउँहरु महिलाहरुलाई तल रहेको खोलाबाट दैनिक झण्डै पाँच घण्टा लगाएर खानेपानी बोक्नु पर्ने बाध्यता थियो ।

यो प्रविधिले शुद्ध खानेपानीमा पहुँच पु¥याउनुका साथसाथै स्थानीय बासिन्दालाई थोपा सिचाई मार्फत् बढि मुल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आय आर्जन गर्ने अवसर प्रदान गरेको कम्पनीले बताएको छ। पानी र सिंचाईको सिजलै पहुँचका लागि एनसेलले गाउँको उच्चभागमा पानी ट्याङ्की निर्माण र सो ट्याङ्कीबाट पानीवितरण गर्न मिल्ने पुर्वाधारको पनि निर्माण गरेको छ ।

हाईड्रोलिक र्यामपम्प एक स्वच्छ उर्जा प्रविधि हो। जसको माध्यमबाट खोलामा बगेको पानीलाई हावा र पानीको प्रेसरबाट माथि ट्याङ्कीमा पठाईन्छ । यो प्रविधिले खोलाको पानीलाई शुद्ध बनाउँछ ।

७ साउन २०७३, १०।००

२०७३ साउन ७ गते १०:५९ मा प्रकाशित

You can share this post!

ऊर्जा संकट लम्ब्याउँदै सरकार

दुई बैंकले ल्याउँदैछन् दुई करोड पाँच लाख बराबरको सेयर, धितोपत्र बोर्डले दियो अनुमति !

Related posts