back
NMB ad

रु नौ अर्ब बढीको सेयर कारोबार

Kumari bank ad

काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३ अङ्कले बढेर अन्तिम दिन एक हजार ७९८ अङ्कमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५१ कम्पनीको रु नौ अर्ब तीन करोड ६९ लाख २४ हजार बराबरको कारोबार भएको छ । कुल एक करोड ४६ लाख ३३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ४९.६४ प्रतिशत बढिरहेको छ । गत साता १५९ कम्पनीको रु छ अर्ब चार करोड ६८ लाख ७४ हजार बराबरका एक करोड एक लाख ६७ हजार ९४० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.८० अङ्कले बढेर ३८७.६५ अङ्कमा आइपुगेको छ । स्कटका अनुसार वाणिज्य बैंक ७०.५६, विकास बैंक २८.५३, वित्त १२.५४, होटल १२.७४, बिमा ३७७.८७ र उत्पादनमूलक २०६.७७ प्रतिशतले सेयर बढेको छ ।

यस्तै जलविद्युत् १७.२३ प्रतिशतले सेयर कारोबारमा कमी आएको तथा व्यापार समूहको कुनै परिवर्तन नआएको स्टकले जनाएको छ ।
प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १६:२४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...