गाडी चढ्दा हैरानी भयो या ट्याक्सीले ठग्यो, अब गर्नुहोस् एसएमएस !

काठमाण्डौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा मागेमा, नियमानुसार पाउने छुट सुविधा नदिएमा, अनाश्यक हैरानी एवं दुर्व्यवहार भोग्नु परेमा, ट्याक्सीहरु मिटरमा जान नमानेमा एसएमएसमार्फत उजुरी गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

यदि माथि उल्लेखित कुनै पनि समस्या भएमा मोबाइल नम्बर ९८५१२९५१०० मा एसएमएस गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेकोछ । यसका साथै, पैदलयात्रुको सुरक्षाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि जेब्रा क्रसिङ प्रयोग प्रवर्द्धनलाई अभियानकै रुपमा सञ्चालन गरेको छ।

९ साउन २०७३, १२।००

२०७३ साउन ९ गते १२:१२ मा प्रकाशित

You can share this post!

सेयर बजारको आजको कारोबार रोकियो, अब कहिले खुल्ला ?

कालिमाटी तरकारी बजारमा किन चल्यो बुलडोजर...

Related posts