back
NMB ad

एक किलो नुनको मूल्य १ सय ५०

Kumari bank ad

जिल्लाको सुगम क्षेत्रमा नून प्रतिकिलो २० रुपैयाँमा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो १५ रुपैयाँ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य १ सय ५० नाघेको छ ।

सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा खच्चडमा गरिने ढुवानी बन्द हुन्छ । नुन, तेल, खुर्सानीको भाउ महँगिएपछि स्थानीयवासी मर्कामा परेका छन् ।

थुमी गाविसको सोतिबजारबाट खच्चडले सात दिन लगाएर तिब्बतसँग सिमाना जोडिएको सामागाउँ गाविस पु¥याएको नुन प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री भइरहेको स्थानीय शिक्षक वीरबहादुर लामाले जानकारी दिए । “एक किलो सामान ढुवानी गर्दा ८०÷९० रुपैयाँ पर्छ,” उनले भने– “भूकम्पपछि राहत र निर्माण सामग्री ढुवानी गर्न भ्याइनभ्याइ छ । भने जति पैसा पाएपछि खच्चड व्यवसायीले खाद्यान्नको सट्टा निर्माण सामग्री ढुवानीलाई प्राथमिकता दिएका छन् ।”

आयोडिनयुक्त नुनको मूल्य १ सय ५० नाघेपछि स्थानीयवासीले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्न थालेका छन् । ढिके नुनमा आयोडिनको मात्रा कम हुने भएकाले गलगाँडलगायतका विभिन्न रोग लाग्नसक्ने जोखिम हुन्छ । “चौँरीलाई खुवाउन ल्याएको नुन मान्छेले खान थाले”, लामाले भने । स्थानीय बजारमा आयोडिनयुक्त नुनको अभाव भएको छ ।

थुमीको सोतिबजारदेखि माछाखोला, सिर्दिवास हुँदै सामागाउँसम्म बर्खा लागेपछि खच्चड सञ्चालन भएको छैन । उत्तरी क्षेत्रमा सञ्चालित एक हजार ३०० बढी खच्चडले काम पाएका छैनन् । ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौँजा, काशीगाउँलगायत गाविसमा पनि नुन, तेल, चामलको अभाव भएको छ ।

पहिरोले मनास्लु पदमार्ग अवरुद्ध गरेको, उर्लेको बूढीगण्डकीको भेलले चुम्चेत–१ लोक्पा सर्दीखोलामा बाटो बगाउँदा दैनिक उपभोग्य सामग्रीको अभाव चुलिँदै गएको छ । गत वर्षको बर्खामा खच्चड सञ्चालन नहुँदा स्थानीयले राहत सामग्री उपभोग गर्नुपरेको थियो ।

नेपाल खाद्य संस्थानले माछाखोला र सिर्दिवास डिपोमा कोटाअनुसार क्रमशः दुई हजार र तीन हजार क्विन्टल खाद्यान्न ढुवानी नगर्दा उत्तरी भेगमा खाद्य सङ्कट भएको हो । एक बोरा ९३० किलो० चामललाई चार हजार ५ सय रुपैयाँ पर्छ । “थोरै कमाई हुनेलाई भात खान मुस्किल पर्छ,” शिक्षकले लामाले भने।

गाउँदेखि माछाखोला आवतजावत गर्ने बाटो पहिरोले अवरुद्ध भएपछि केरौँजावासीलाई समेत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । केरौँजागाउँबाट रुन्चेत झर्ने बाटोमा ठूलो पहिरो गएको छ । त्यहाँ आधा घन्टाको बाटो पार गर्न तीन घन्टा लाग्ने गरेको केरौँजा–५ रुन्चेतका धनप्रसाद गुरुङले बताए ।

केरौँजामा प्रतिकिलो नुनको मूल्य ४५ रुपैयाँ पर्छ भने सोना मन्सुली चामलको मूल्य प्रतिबोरा दुई हजार ५ सय रुपैयाँ पर्छ । “एक महिनादेखि खाद्य सामग्री ढुवानी ठप्प छ । गाउँका पसल रित्तिएका छन्,” गुरुङले भने । नुन किन्न बजार झर्न सक्ने अवस्था छैन । पुनःर्निर्माणका लागि अनुदान रकमको पहिलो किस्ता लिन आरुघाट बजारस्थित बैंकमा जानसक्ने अवस्था नरहेको भन्दै उनले दुर्गम भेगका लागि गाउँमै अनुदान बाँड्ने व्यवस्था सरकारले मिलाउनुपर्ने माग गरे।

खच्चड व्यवसायी सङ्घका अध्यक्ष धनकुमार गुरुङले ढुङ्गा खसेर खच्चड घाइते हुनथालेपछि स्थानीय प्रशासनको आग्रहमा बर्खाका लागि खच्चड सञ्चालनमा रोक लगाउनुपरेको बताए । भूकम्पले भत्काएका बाटो मर्मत नभएको र यस बर्खाले झन् बिगारेको भन्दै बाटो निर्माण गर्न सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए ।

मनास्लु पदमार्गको सोतिबजारदेखि सामागाउँ र चुम्चेतको सर्दीखोलामा बिग्रेको बाटो मर्मत गर्न लाखौँ रकम आवश्यक पर्ने गुरुङको भनाइ छ । बाटो सहज भएर खच्चडले नियमित खाद्यान्नलगायत सामग्रीको ढुवानी नगर्दासम्म उत्तरी भेगमा उपभोग्य सामग्रीको मूल्य नघट्ने बताइएको छ ।

प्रकाशितः २०७३ साउन १०

वि.सं.२०७३ साउन १० सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...