काठमाडौं । कोरियाली भाषा परिक्षा ईपीएसको परीक्षाफल सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए ।
नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।
परीक्षाको नतिजा इपीएस नेपाल डट जिओभी डट एनपीमा हेर्न सकिन्छ ।
प्रकाशितः २०७३ साउन ११
वि.सं.२०७३ साउन ११ मंगलवार १०:४१ मा प्रकाशित